२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

अजिंगरको पेटभित्र मृत महिला फेला

ADV
मध्यान्ह
२०८१ असार १९ गते १६:२६
अजिंगरको पेटभित्र मृत महिला फेला

माकासर : मध्य इन्डोनेसियामा अजिंगरको पेटभित्र एक महिला मृत फेला परेको प्रहरीले बुधबार जनाएको छ ।  

आफ्नो बिरामी बच्चाका लागि औषधि किन्न मङ्गलबार बिहान घरबाट निस्किएपछि ३६ वर्षीया सिरियाटी बेपत्ता भएको र खोजी गर्ने क्रममा उनलाई अजिंगरको पेटभित्र मृत भेटिएको प्रहरीले बताएको छ ।

घटनाबारे गाउँ सचिव इयाङलेले भने, “उहाँका श्रीमान् आदियान्साले दक्षिण सुलावेसी प्रान्तको सितेबा गाउँमा आफ्नो घरबाट करिब ५०० मिटर टाढा भुइँमा मृतककको चप्पल र प्यान्ट फेला पार्नुभएको, त्यसको केही समयपछि उहाँले बाटोबाट करिब १० मिटर टाढा एउटा अजिंगर देख्नुभएको र उसको पेट धेरै ठुलो देखेपछि आदियान्सालाई शंका लागेर गाउँलेहरूको सहयोगमा अजिङ्गरको पेट चिर्नुभएको थियो ।  पेटभित्र मृतक सिरियाटीको शव फेला पारेको हो ।” 

गत महिना दक्षिण सुलावेसीको अर्को जिल्लामा जालीदार अजिंगरको पेटभित्र एउटी महिला मृत फेला परेकी थिइन् । गत वर्ष प्रान्तका बासिन्दाहरूले एकजना किसानको घाँटी दबाएर खादै गरेको अवस्थामा आठ मिटर लामो अजिंगरलाई मारेका थिए । 

सन् २०१८  मा दक्षिणपूर्वी सुलावेसीको मुना सहरमा सात मिटर अग्लो अजिङ्गरको पेटभित्र ५४ वर्षीया महिला मृत फेला परेकी थिइन् । 

ADVADV

सम्बन्धित खबर

Advertise