काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले चुनावी अभियानलाई तीव्र बनाएका छन् ।
सो प्यानलले संघका पूर्वअध्यक्ष तिलकबहादुर रानाभाट संयोजक र गणतान्त्रिक मञ्चका अध्यक्ष धनलाल जैशी सहसंयोजक रहेकोे निर्वाचन परिचालन मूल समारोह समिति र विभिन्न ८ उपसमिति गठन गरेको छ ।
निर्वाचन परिचालन म्ूल समारोह समितिमा रानाभाट र जैशीसहित एसोसिएसनका पूर्वअध्यक्षहरू यमबहादुर केसी, किरणकिशोर घिमिरे, बिमलप्रसाद ढकाल, प्रज्ञान न्यौपाने, हंशराज वाग्ले, कुमुद खनाल, संघका पूर्वअध्यक्ष बलबहादुर तामाङ, एसोसिएसनका पूर्व कार्यबाहक अध्यक्ष ऋषिप्रसाद शर्मा, गणतान्त्रिक मञ्चका उपाध्यक्ष ज्ञानबहादुर तामाङ, परमेश्वर अधिकारी, ओम न्यौपाने, वरिष्ठ व्यवसायी नवराज केसीलगायत १०० सदस्य छन् । समितिले निर्वाचन परिचालन गर्ने छ ।
त्यस्तै, पूर्वअध्यक्ष किरणकिशोर घिमिरेको संयोजकत्वमा चुनाव प्रचारप्रसार समिति गठन गरिएको छ । उक्त समितिका सहसंयोजक वासु पुडासैनी र सदस्यहरूमा रामप्रसाद गैरे, प्रतिमा महर्जन, शंकरप्रसाद आचार्य, मचिन्द्रनाथ शेर्मा, अमरप्रकाश तिवारी, पंकज कोइराला, विवश ढुंगाना (दीपक), देवीप्रसाद काफ्ले, नरेश पुन, उद्धवप्रसाद सापकोटा, केदारनाथ अधिकारीसहित १५१ जनालाई सदस्य राखिएको छ ।
एसोसिएसनका अध्यक्ष दीपक थापा आर्थिक समिति संयोजक तोकिएका छन् भने उक्त समितिका सहसंयोजकमा सोमबहादुर तामाङ छन् । सदस्यमा कुसाङ शेर्पा, लीलबहादुर तामाङ र राजु घिमिरे छन् ।
एसोसिएसनका प्रथम उपाध्यक्ष विनोदजंग केसीको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । समितिका सहसंयोजकमा इन्द्रमणि न्यौपाने र सदस्यहरूमा अभिनयमानसिंह बस्नेत, राजकाजी भोलान, रामप्रसाद गैरे र गोकुल रत्न छन् ।
कमलदेव मल्लको संयोजकत्वमा अनुशासन समिति गठन गरिएको छ । बिल बस्नेत समितिका सहसंयोजक रहेका छन् भने सदस्यमा इन्द्र लामा र श्रद्धा खड्का छन् ।
सञ्जय शेर्पाको संयोजकत्वमा महासमिति सदस्य महाधिवेशन प्रतिनिधि समन्वय समिति गठन गरिएको छ । समितिका सहसंयोजक मचिन्द्रनाथ शेर्मा र सदस्य चित्र केसी छन् । प्रीतम थापा मगरको संयोजकत्वमा संघ समन्वय समिति गठन गरिएको छ । शिवकुमार कार्की सहसंयोजक रहेकोे समितिको सदस्यमा एमबी राउत (मेघ) छन् ।
रविन शेरचनको संयोजकत्वमा घटक जातीय भेगीय समन्वय समिति गठन गरिएको छ । समितिका सहसंयोजकमा रमेश पाख्रिन छन् भने तारामणि राई र व्यास माझी सदस्य छन् ।
दिलप्रसाद धितालको संयोजकत्वमा ज्येष्ठ नागरिक एवं पुराना वैदेशिक रोजगार व्यवसायी समन्वय समिति गठन गरिएको छ । उक्त समितिमा हिक्मत शेरचन, एकनारायण काफ्ले, तीर्थबहादुर गुरुङ, मदन खड्का, आरसी गिरी र सरोज लामा सहसंयोजक छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ कार्यसमितिको आगामी निर्वाचनका लागि एसोसिएसन र मञ्चले तालमेलका आधारमा आइतबार प्यानल घोषणा गरेका थिए । संघको ३१औं साधारणसभा तथा नयाँ कार्यसमितिको निर्वाचन आगामी २९ चैतमा हुँदै छ ।
एसोसिएसन नेपाली कांग्रेस र मञ्च नेकपा (माओवादी केन्द्र) निकट संस्था हुन् । सो प्यानलको अध्यक्षमा संघका पूर्व द्वितीय उपाध्यक्ष तथा गुरुङ म्यानेजमेन्ट प्रा.लि.का संचालक भुवनसिंह गुरुङ, प्रथम उपाध्यक्षमा नोकरी नेपाल प्रा. लि.का संचालक नरेन्द्रप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा अलर्ट ओभरसिज प्रा. लि.का संचालक देवकुमार खोखाली, तृतीय उपाध्यक्षमा इम्प्लोइमेन्ट क्रियसन सर्भिस प्रा. लि.का संचालक हर्कबहादुर लिम्बू, महासचिवमा ग्लोबल राइजिङ प्लेसमेन्ट प्रा. लि.का संचालक महेशकुमार बस्नेत उम्मेदवार बनेका छन् ।
त्यस्तै, गणतान्त्रिक मञ्चका महासचिव रहेका आकृति रिक्रुटिङ प्रा. लि.का संचालक कुन्छा दोर्जे डिम्दोङ सचिव र कोषाध्यक्षमा शुभ हारती म्यानपावर प्रा. लि.का संचालक विक्रम श्रेष्ठ उम्मेदवार बनेका छन् । श्रेष्ठ संघको वर्तमान कार्यसमिति सदस्य हुन् ।
कार्यसमिति सदस्यमा इम्पेरियल ओभरसिज प्रा. लि.की संचालक विद्यालक्ष्मी बज्राचार्य, हिमालयन भ्याली नेपाल प्रा. लि.का संचालक देवीप्रसाद गिरी, ब्रदर इन्टरनेसनल इम्प्लोइमेन्ट प्रा. लि.का संचालक दीपककुमार राय, रसुवा ओभरसिज प्रा. लि.का संचालक सुवर्ण लामा, सेक्युर नेपाल जब प्रा. लि.का संचालक सुमनराज पाण्डे, ग्लोबल एचआर हब प्रा. लि.की संचालक गीता राउत र युनिक ओभरसिज प्रा.लि.की संचालक तिलरूपा दाहाल उम्मेदवार बनेका छन् ।
त्यस्तै, एच. आर. सोलुसन प्रा. लि.का संचालक भरत सापकोटा र रिजा ओभरसिज प्रा. लि.की संचालक रेखा शर्मा, इगल म्यानपावर कन्सल्टेन्ट प्रा. लि.का संचालक कृष्ण ढकाल सदस्यका सदस्यका उम्मेदवार बनेका छन् ।