२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा ३ पूर्वअध्यक्षको असहमति

draupadi film
मध्यान्ह
२०८१ चैत १९ गते ०८:२२
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा ३ पूर्वअध्यक्षको असहमति

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले चुनावी अभियानलाई अघि बढाउन गठन गरिएको निर्वाचन परिचालन मूल समारोह समितिमा सहमतिविपरीत नाम राखिएको भन्दै एसोसिएसनका ३ पूर्वअध्यक्षले असहमति जनाएका छन् ।

पूर्वअध्यक्षहरू बिमलप्रसाद ढकाल, प्रज्ञान न्यौपाने र कुमुद खनालले समितिमा नरहेको बताए । पूर्वअध्यक्ष ढकालले नेपाली कांग्रेसले हाल माओवादीसँग सहकार्यको नीति नलिएको भन्दै संघको निर्वाचनका लागि गणतान्त्रिक मञ्चसंगको तालमेल पार्टीको केन्द्रीय नीतिविपरीत रहेकाले उक्त समितिमा आफू नरहेको बताए ।

अर्का पूर्वअध्यक्ष न्यौपानेले आइतबारको उम्मेदवार घोषणा सभामा पार्टीका नेताहरूलाई सहमति भयो भन्दै झुक्याएर बोलाएको र पार्टीका विभागीय प्रमुख प्रकाश रसाइली ‘स्नेही’ पनि उपस्थित नभएका र उम्मेदवार घोषणाबारे मंगलबार बिहान पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर छलफल गर्ने तय भएको भन्दै समितिमा नरहेको बताए ।

अर्का पूर्वअध्यक्ष खनालले संघको आगामी निर्वाचनमा आफू अध्यक्षको उम्मेदवार रहेकोे भन्दै आफ्नो नाम जानकारीबिना नै राखिएको भन्दै असहमति जनाए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise