२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

कतारमा १८ जना नेपालीको कैद माफ

draupadi film
मध्यान्ह
२०८१ चैत १९ गते ०८:२४
कतारमा १८ जना नेपालीको कैद माफ

काठमाडौं : कतारले विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका १८ जना नेपालीको कैद माफ गरेकोे छ ।

रमजान र इदको अवसरमा १८ जना नेपाली कैदीहरूलाई कतारका अमिर तमिम बिन अलथानीले आममाफी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र  मन्त्रालयले १८ जना नेपालीलाई आममाफी प्रदान गरेकामा  कतार सरकारप्रति आभार व्यक्त गरेको छ ।

नेपाल सरकारको अनुरोधपछि दोहा, कतारस्थित नेपाली राजदूतावासमार्फत पहल भएपछि आममाफीको निर्णय लिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

१८ नेपालीलाई आममाफी दिने कतारको निर्णपछि विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले ‘नेपाल र कतार राज्यबीचको द्विपक्षीय सम्बन्धमा सौहार्दताको प्रतीकको रूपमा मानवीय आधारमा क्षमादानको कार्यलाई मन्त्रालयले उच्च मूल्यांकन गरेको’ उल्लेख गरेको छ । 

विगत २ दशकदेखि कतार नेपाली कामदारहरूका लागि लोकप्रिय आकर्षक श्रम गन्तव्य मुलुकमा रहेकोे छ । माफी पाउनेहरू अधिकांश वैदेशिक रोजगारका क्रममा कतार गएका नेपाली रहेका बताइएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise