२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

लागुऔषधसहित दुई भारतीय पक्राउ

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ असार १९ गते १७:१६
लागुऔषधसहित दुई भारतीय पक्राउ

रौतहट : रौतहटमा लागुऔषधसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गणबाट खटिएका टोलीले रौतहट सदरमुकाम गौरबाट चन्द्रपुरतर्फ जाँदै गरेको यात्रुवाहक गाडीमा लुकाइछिपाइ लैजाँदै गरेको लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको बिहार सितामढी जिल्ला बखरी ३ गाँउ राघोपुरका २० वर्षीय रौशन कुमार तथा १८ वर्षीय अमित कुमार रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट लगभग ६ सय थान लागुऔषध फेनारगन र आइपिपिएल इन्जेक्सन बरामद भएको प्रहरीको भनाइ छ ।

गौर चपुर सडकखण्डको शेख इद्रिस गेट अगाडि चेकजाँचका क्रममा पक्राउ परेका दुवै व्यक्तिले आइपिपिएल २ सय ९९ थान र फेनारगन २ सय ९९ थान गाडीको सिटमुनी झोलामा लुकाएर राखेका थिए । पक्राउ परेका दुवैलाई लागुऔषधसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गणले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise