२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

‘विपला’ सार्वजनिक

shivam cement
२०८१ चैत २० गते २०:१०
Shares
‘विपला’ सार्वजनिक

झापा : झापा भद्रपुर नगरपालिका– १० समाजसेवी विपला चापागाईंको स्मृतिमा प्रकाशन गरिएको ‘विपला’ स्मृति ग्रन्थ विमोचन गरिएको छ ।

बुधबार झापाको धनुषमोड, छाता चोकस्थित स्व. चापागाईंको निजी निवासमा स्व. चापागाईंका कान्छा नाति ५ वर्षीय अनुराग पौडेलले उक्त पुस्तक विमोचन गरे ।

कार्यक्रममा ग्रन्थमा प्रकाशित सृजनाका सर्जक कवि हरिप्रसाद न्यौपाने, गीता सुवेदी नेपाल, हेमप्रसाद खनालले कविता वाचन गरेका थिए । स्रष्टा खगिन्द्रा खुसी र मेघनाथ खनालले कविता वाचन गरेका थिए । कार्यक्रममा कृषि विकास बैंक भद्रपुर शाखा प्रमुख यामलाल पौडेलले स्वागत मन्तव्य राखेका थिए । 

विपलाको संक्षिप्त परिचय र पुस्तकको परिचय दिँदै शिक्षाविद् घनश्याम खतिवडाले ‘विपला’ ग्रन्थमा साहित्यिक सृजना पनि प्रशस्त भएकाले यसबाट नेपाली साहित्य क्षेत्रमा नयाँ इँट्टा थपिएको बताए । उनले पुस्तकमा २२ जना सर्जकका लेख, कविता र गजल समावेश रहेका जानकारी दिए ।

कार्यक्रमलाई संचालन गर्दै गजलकार रश्मि असफलले स्व. विपला चापागाईं महिला जागरण समितिको संस्थापक र आजीवन अध्यक्ष रही स्थानीय महिलाहरूको क्षमता अभिवृद्धि गर्न निरन्तर क्रियाशील रहेकी बताइन् ।

२०७७ सालमा ३७ वर्षे कार्यकाल पूरा गरी निजामती सेवाबाट निवृत्त भएपछि विभिन्न संघसंस्थामा क्रियाशील रही सामाजिक क्रियाकलापमा अग्रणी भूमिका निर्वाह गरेकी विपलाको गत वर्ष ३० चैत २०८० गते भएको असामयिक निधनले अपुरणीय क्षति पुगेको विपलाका जेठाजु समाजसेवी कृष्ण चापागाईंले बताए ।

सम्बन्धित खबर