पछिल्लो समय चर्चामा रहेकी गायिका हुन्– विद्या तिवारी । विद्या पूर्वीय र पाश्चात्य दुवै गीत सङ्गीतमा राम्रो दख्खल राख्छिन्। उनले भर्सटाइल गयिकाको रुपमा आफूलाई प्रस्तुत गर्दै आएकी छिन् । उनका थुप्रै गीत स्रोता दर्शकमाझ लोकप्रिय छन् । ‘पहिलो हुनु नै जित होइन’ भन्ने विद्या स्रोता दर्शकको अपार माया र प्रतिस्पर्धाले सङ्गीत क्षेत्रमा अघि बढ्ने बाटो देखाएको बताउछिन् । उनका ‘हेल्लो हाई...’, ‘तिनपाते...’ ‘घाममा सुकाइदेऊ...’, ‘झुम्का...’, ‘भीडमा पनि...’, ‘पिच रोड...’ , ‘डलर...’लगायतका दर्जनौ गीत लोकप्रिय रहेका छन् । गायनसँग सँगै समाज सेवामा पनि आफूलाई अग्रसर गराउँदै आएकी गायिका विद्या तिवारीसँग मध्यान्ह दैनिकका लागि प्रतिक्षा गौतमले गरेको कुराकानीको संपादित अंश :
विधा तिवारी कस्तो गायिका हो ?
म आफूलाई भर्सटाइल सिंगरको रुपमा चिनाउन चाहन्छु । कुनै एउटा दायराभित्र बाँधिन चाहन्न । पूर्वीय र पाश्चात्य दुवै शैलीका गीत मज्जाले गाउन सक्छु । तपाईं त जहिले चर्चामा आउनुहुन्छ ? चर्चाभन्दा पनि मन पराइदिनुभएको छ, खुशी लाग्छ । राम्रो भइरहेको छ । अहिलेसम्म राम्रै भइरहेको छ । राम्रै चलिरहेको छ भनौ । सबैको साथ सहयोगले थप उत्साहित छु ।
तपाईंको स्वरमा रहेका गीत एक पछि अर्को ट्रेन्डिङमा छन् नि, अनि चर्चा भएन त ?
हो, मेरो स्वरमा रहेका गीत ट्रेन्डिङमा छन् । आफूले गाएको गीत ट्रेन्डिङमा पर्दा, सबैको मुखमा झुण्डिँदा खुसी लाग्छ नै । हो, यसले तपाईंले भने जस्तै एक खालको चर्चा पक्का पनि भएकै छ ।
तपाईंको स्वरमा रहेका गीतले एक पछि अर्को सफलता पाउँदै गएका छन्, कस्तो लाग्छ ?
मेरो स्वरमा रहेका गीतलाई स्रोता दर्शकले अत्यधिक मन पराइदिनुभएको छ । तर, मलाई के लाग्छ भने गीत चल्नु मात्र सफल हुनु होइन । मलाई गीत चल्यो भन्दै आफू सफल भएजस्तो लाग्दैन । किनभने, मैले अझै धेरै मेहनत गर्न बाँकी छ । म कुनै चिज पाउँदैमा खुशी भइहाल्दिनँ । त्यो सफलतालाई कायम राख्न आगामी दिनमा अझै धेरै मेहनत गर्नुपर्नेछ । मैले यो क्षेत्रमा अझ धेरै गर्न बाँकी छ । म यतिकैमा सन्तुष्ट भएर बस्ने खालको होइन ।
समाजसेवामा पनि अग्रणी रुपमा देखिनुहुन्छ ?
म प्रचार प्रसार नगरिकन समाज सेवा गर्न चाहने मान्छे हुँ । मलाई आफूले कसैलाई थोरै भए पनि राहत प्रदान गर्न पाउँदा खुशी लाग्छ । म समाजसेवामा जहिले पनि हुन्छु, जहाँ पनि हुन्छु । तर मलाई समाजसेवामा गरिएको कामको प्रचार प्रसार भने गरिरहनु पर्छ जस्तो लाग्दैन ।
कहिलेदेखि गाउन थाल्नुभयो गीत ?
घर परिवारमा भने अनुसार म आफूलाई राम्रोसँग थाह नहुदा पनि गुनगुनउथेँ रे । मेरो घरको माहौल नै साङ्गीतिक थियो । आठ कक्षा पढ्दादेखि मैले गीत गाएँ । ‘नेपाली तारा’ को अडिसन भाग लिएँ । त्यहाँ अडिसनमा मैले ‘जहाँ छन् बुद्धका आँखा...’ गाएँ । त्यो बेला पढाइ नै मेरो पहिलो प्राथमिकता थियो । त्यसैले छनोट भए पनि काठमाडौं आउन पाइनँ । सानैदेखि हेटौँडामा भएका साङ्गीतिक प्रतियोगिता कुनै पनि छोडिनँ ।
गीत सङ्गीत सम्बन्धी तपाईंको अध्ययन ?
मैले माथि पनि भने घरमै मेरो साङ्गीतक माहोल थियो । मरो गीत सङ्गीतको प्रथम पाठशाला भनेको मेरो घर नै हो । प्लस टू सकिएपछि काठमाडौँ आएँ । यहाँ आएपछि रेडियो नेपालमा म्युजिक क्लास लिन थालेँ । गुरु प्रमोद प्रसाईंसँग भेट भयो ।
आफैँले सन्दा चाहिँ कस्ता गीत बढी सुन्ने गर्नुहुन्छ, मनपर्ने गीत अनि मनपर्ने गायक–गायिकामा ?
मलाई सबै प्रकार गीत उतिकै मनपर्छ । म सबै प्रकारका गीत सुन्छु । नेपाली, अंग्रेजी, हिन्दी, रक, पप, क्लासिकल सबै गीतहरू सुन्छु । नारायण गोपालले गाउनुभएको ‘गल्ती हजार हुन्छन्, यहाँ होस हराएको बेला...।’ त्यस्तै अरुणा लामाको ‘फूललाई सोधेँ...’ र माइतीघर फिल्मको ‘नमान लाज यसरी...’ पनि मेरा प्रिय गीतहरु हुन् । मलाई नारायण गोपाल, तारादेवी, अरुणा लामाहरूको गीत अत्यधिक मनपर्छ, उहाँहरु नै मनपर्छ ।
तपाईंको गीत सुन्ने कुनै त्यस्तो निश्चित समय छ कि ?
होइन, छैन मेरो निश्चित समय । म हरसमय गीत सङ्गीत मै हुन्छ । यो बाहेक मेरो अरु केही छैन भन्दा पनि हुनछ । यात्रामा होस् या अन्य समय सँधै कानमा एयरफोन घुसारेर हिँड्छु । अरु त अरु, पढिरहँदा पनि गीत बजाउनै पर्छ मलाई ।
अन्त्यमा केही छ की ?
त्यस्तो केही छैन । धेरै कुरा त आयो । यहाँलाई धेरै धेरै धन्याद । नेपाली गीतसङ्गीतको समृद्धितर्फको बाटोमा हामी सबैले हातेमालो गरौं ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies