२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

प्रवासी नेपाली मञ्चको तेस्रो बैठक सम्पन्न, अध्यक्षमा मोक्तान चयन 

shivam cement
२०८१ चैत २४ गते ०८:२४
Shares
प्रवासी नेपाली मञ्चको तेस्रो बैठक सम्पन्न, अध्यक्षमा मोक्तान चयन 

साउदी अरेबिया : प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटीको तेस्रो पूर्ण बैठक साउदी अरेबियाको पूर्वी क्षेत्रमा सफलतापूर्वक सम्पन्न भएको छ । प्रवासी नेपाली मञ्च महादेशीय मध्यपूर्व कमिटीका तर्फबाट आमन्त्रित याम बोम्जन लामाको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो । 

बैठकले राष्ट्रिय कमिटी सचिवालयबाट भएका विभिन्न निर्णयहरूलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । यसैगरी, बैठकले ऋषिराम भट्टराईलाई राष्ट्रिय कमिटीको उपाध्यक्ष तथा पूर्वी क्षेत्रको इन्चार्जमा नियुक्त गरेको छ ।

साथै, पूर्वी क्षेत्रीय कमिटीको दोस्रो कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिएको छ । नयाँ कमिटीको अध्यक्षमा लाल बहादुर मोक्तान र सचिवमा अर्जुन सिलवाल चयन भएका छन् । २५ सदस्यीय नयाँ कमिटीमा पदाधिकारी तथा सदस्यहरू चयन भएका हुन् । 

पदाधिकारीहरू:
१. लाल बहादुर मोक्तान - अध्यक्ष
२. सुमन तामाङ - उपाध्यक्ष
३. अर्जुन सिलवाल - सचिव
४. जय प्रसाद खत्री - सह–सचिव
५. कृष्ण बहादुर परियार - कोषाध्यक्ष

सदस्यहरू:
६.   खगेन्द्र विश्वकर्मा
७.  अमृत सुनार
८.  चोभाकान्त न्यौपाने
९.   सुरेन्द्र सुनार
१०.  अमृत परियार
११.  प्रदीप सुनार
१२. सुमन नेपाली
१३.  नविन सुनार
१४.  जितमान गुरुङ
१५.  राम बहादुर विश्वकर्मा
१६.  शिवजी राम
१७.  याकुव मिया
१८.  पदम बहादुर थापा
१९.  विशाल घिमीरे
२०.  अमीत राई
२१.  दिनेश घिमीरे
२२.  जस बहादुर तामाङ
२३ . धन बहादुर तामाङ
२४.  राजु लामा
२५. अनिता लामा

कार्यक्रममा प्रमुख अतिथि लामाले नवनियुक्त उपाध्यक्ष तथा पूर्वी इन्चार्ज ऋषिराम भट्टराई, अध्यक्ष लाल बहादुर मोक्तान, सचिव अर्जुन सिलवाललगायत सम्पूर्ण क्षेत्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिए ।

सम्बन्धित खबर