२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

सुन तोलामा १ हजार ६ सयले बढ्यो

ADV
मध्यान्ह
२०८१ असार २० गते ११:३३
सुन तोलामा १ हजार ६ सयले बढ्यो

काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन बुधबार प्रतितोला रु एक लाख ४२ हजार सात सयमा कारोबार भएकोमा आजका लागि भने रु एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ । 

यसैगरी तेजाबी सुन बुधबार प्रतितोला रु एक लाख ४२ हजारमा कारोबार भएकामा सोही परिमाणको तेजाबी सुन आजका लागि रु एक लाख ४३ हजार छ सय तोकिएको छ  ।

यसैगरी चाँदीको मूल्य तोलामा रु ४० ले बढेको छ । बुधबार प्रतितोला रु एक हजार आठ सय २५ मा कारोबार भएको चाँदीको मोल आजका लागि भने रु एक हजार आठ सय ६५ निर्धारण भएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise