काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको यही २९ चैतमा हुने निर्वाचनका लागि अध्यक्षका उम्मेदवार नरेश गेलालले वैदेशिक रोजगार व्यवसायीका सबै समस्याको समाधान गर्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएको बताएका छन् ।
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको निर्णयविरुद्व उभिएको फरक धार र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनबीच तालमेलमा संयुक्त व्यवसायी समूहको अध्यक्षका उम्मेदवार रहेका गेलालले संघको वर्तमान कार्यसमितिको निरन्तरताको स्वरूपमा आएको आफ्नो नेतृत्वले संघले प्राप्त गरेका उपलब्धिहरूको स्वामित्व लिँदै पूरा हन बाँकी काम संघमा निर्वाचित भएको ३ देखि ६ महिनाभित्र टुंगोमा पु¥याउने बताए । संघका पूर्वमहासचिव रहेका व्यवसायी गेलाल एचआर इन्टरनेसनल सर्भिस प्रा.लि.का संचालक हुन् ।
अध्यक्षका उम्मेदवार गेलालले २ वर्षे अवधिमा संख्या सय समस्याको समाधान, मागपत्र प्रमाणीकरण, श्रम स्वीकृतिमा सहजीकरण जस्ता वर्षौंदेखि थाँती रहेका समस्या समाधानको प्रमुख लक्ष्य लिएर योग्यतम व्यवसायीको प्यानल बनाएर चुनावी मैदानमा आएकाले विश्वासका साथ सिंगो प्यानललाई मतदान गरेर जिताउन आग्रह गरे ।
संघलाई राजनीतिक खिताचानीमुक्त बनाउने र व्यवसायीको रोजीरोटी खोस्न जापान, कोरिया वा मलेसिया जुनसुकै देश र आवरण आउने सिन्डिकेटका विरोधमा आमरण अनशन तहको कठोर अवस्थासम्म पुगेर प्रतिरोध गर्ने प्रतिबद्धता पनि उनले जनाए ।
उनले भने, ‘उमेदवारी दर्ताअघि सिन्डिकेटमा समर्थन जनाउनु आमाको रगत खानु सरह हो भनेको छु । आज पशुपतिनाथलाई सम्झेर सोही प्रतिबद्धता दोहो¥याउँछु ।’
प्रथम उपाध्यक्षका उम्मेदवार सुजितकुमार श्रेष्ठले म्यानपावर व्यवसायीलाई युरोपको श्रम बजारमा नेपाली कामदार पठाउन जब फेयर गरेर अवसरको सिर्जना गर्नेसहितका योजनामा काम गर्ने बताए । उनले हाल नेपाली राजदूतावासमा रहेकोे इच्छा लागेका फाइल आधा घण्टामा सदर गर्ने र इच्छा नलागेकालाई महिनौं झुलाउने परिपाटी रहेकोे भन्दै त्यसलाई अन्त्य गर्न पनि परराष्ट्र र श्रम मन्त्रालयमा सशक्त दबाब दिने बताए ।
तृतीय उपाध्यक्षका उम्मेदवार बैकुण्ठ पौडेल वैभवले कूटनीतिक नियोगहरूसँग समन्वय गरेर समस्या समाधान गर्न सकिने अनुभवका आधारमा तृतीय उपाध्यक्षको उम्मेदवार बनेको बताए ।
महासचिव कर्णराज कटुवालले मागपत्र प्रमाणीकरण, संख्या सय समस्याको समाधान, वैदेशिक रोजगार विभागका समस्याको समाधान, धरौटीबाट व्यवसायीलाई ब्याज दिलाउनेलगायतका सुधारका लागि काम गर्ने बताए । आफू महासचिवको उम्मेदवार बनेपछि पराजित मानसिकता बोकेका केही व्यवसायी भ्रमको खेतीमा लागेका भन्दै त्यस्ता भ्रमहरू चिरेर अघि बढ्ने बताए ।
सचिवका उम्मेदवार अनिल बोगटीले व्यवसाय व्यवस्थित गरी सिन्डिकेटको विरोध आफ्नो प्रमुख एजेन्डा भएको बताए । कोषाध्यक्षकी उम्मेदवार धनुमाया सिँजालीले संघलाई नवीन आर्थिक सोचका साथ अघि बढाउने र मेडिकल बिचौलिया अन्त्य गर्ने बताइन् ।
कार्यसमिति सदस्यका सबै उम्मेदवारले मागपत्र प्रमाणीकरण, संख्या सय समस्याको समाधान, वैदेशिक रोजगार विभागका समस्याको समाधानका विषयमा प्रतिबद्धता व्यक्त गरे । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएनका पूर्वअध्यक्ष कुमुद खनालले विभिन्न आवरणमा सिन्डिकेट आउने खतरा रहेको बहकाउमा नपरी इमानदार प्यानललाई मतदान गरेर जिताउन आग्रह गरे ।
संघका पूर्व द्वितीय उपाध्यक्ष मुक्तिनाथ अधिकारीले संचालन गरेको कार्यक्रम नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं व्यवसायी सीता देवकोटाको सभापतित्वमा सम्पन्न भएको थियो ।
गेलाल प्यानलबाट प्रथम उपाध्यक्षमा एलायन्स ह्युमन रिसोर्स प्रा. लि.का संचालक संघका पूर्वमहासचिव सुजितकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा इम्प्लोइमेन्ट लिंक नेपाल प्रा. लि.का संचालक मधुकर रिजाल, तृतीय उपाध्यक्षमा न्यु अल्फा एचआर प्रा. लि.का संचालक बैकुण्ठ पौडेल वैभव, महासचिवमा डाइनामिक स्टाफिङ सोलुसन प्रा. लि.का संचालक कर्णराज कटुवाल, सचिवमा कन्फिडेन्ट इन्टरनेसनल म्यानपावर प्रा .लि.का संचालक अनिल बोगटी र कोषाध्यक्षमा कालिञ्चोक एचआर प्रा. लि.की संचालक धनुमाया सिँजालीले उम्मेदवारी दिएका छन् ।
सो प्यानलबाट कार्यसमिति सदस्यमा माउन्टेन ग्रुप प्रा. लि.का संचालक देउमान नेम्बाङ, ग्रोथ प्रोसेस इन्टरनेसनल इम्प्लोइमेन्ट प्रा. लि.का संचालक राजेन्द्र बस्नेत, उज्यालो ओभरसिज प्रा. लि.का संचालक चन्द्र लिम्बू, विनर एचआर सोलुसन प्रा. लि.की संचालक हिमा गुरुङ, रियो ओभरसिज प्रा. लि.की संचालक रमा खड्का, गल्फ इम्पायर ओभरसिज प्रा. लि.का संचालक दिनेश बस्नेत, आयुश ओभरसिज प्रा. लि.का संचालक कामेश्वर साह राहुल, सिगल ओभरसिज प्रा. लि.का संचालक छत्र बस्नेत, डेस्टिनी ह्युमन रिसोर्स प्रा. लि.का संचालक युवराज देवकोटा र गल्फ एसिया म्यानपावर प्रा. लि.का संचालक राजेश यादवले उम्मेदवारी दिएका छन् ।