२०८२ वैशाख ४ गते बिहिवार / Apr 17 , 2025 , Thursday
२०८२ वैशाख ४ गते बिहिवार
Ads

म नेता भएर होइन, व्यवसायीको सेवक भएर काम गर्ने छु : गुरुङ

draupadi film
मध्यान्ह
२०८१ चैत २६ गते ०७:०८
म नेता भएर होइन, व्यवसायीको सेवक भएर काम गर्ने छु : गुरुङ

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनका लागि भुवनसिंह गुरुङ अध्यक्षको उम्मेदवार रहेकोे लोकतान्त्रिक–गणतान्त्रिक समूहले बसुन्धारामा क्षेत्रीय चुनावी भेला सम्पन्न गरेको छ । 

भेलालाई कार्यसमिति पदाधिकारी तथा सदस्यका उम्मेदवारसहित मूल निर्वाचन परिचालन समितिका संयोजकलगायतले सम्बोधन गरे । कार्यक्रम नेपाली कांग्रेस केन्द्रीय सदस्य गुरु बराल, नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य तथा पूर्वश्रममन्त्री रामेश्वर राय यादव, पूर्वमन्त्री गोपालजीजंग साह, वैदेशिक रोजगार व्यवसायी एकता समिति अध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीसहित उम्मेदवारहरूले सम्बोधन गरेकोे कार्यक्रममा सो क्षेत्रमा कार्यालय रहेका व्यवसायीहरूको बाक्लो उपस्थिति थियोे ।

कार्यक्रम समूहका अध्यक्षका उम्मेदवार गुरुङ म्यानेजमेन्ट प्रा.लि.का संचालक भूवनसिंह गुरुङले वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्या समाधानका लागि सरकारसँग छलफल र समन्वय गरेर समस्याको समाधानका लागि दिनरात खटिने प्रतिबद्धता जनाए । 
गुरुङले आफू नेता भएर नभई, व्यवसायीको सेवक भएर काम गर्ने प्रतिबद्धता जनाउँदै कुनै पनि आवरणमा हुने सिन्डिकेटको विरोधमा काम गर्ने पहिलो प्रतिबद्धता रहेकोे बताए । उनले विभिन्न भ्रम छरेर संघको निर्वाचनमा विरोधी प्यानल आएको भन्दै व्यवसायी आफ्नो पेसा व्यवसायका लागि सचेत हुनुपर्ने जिकिर गरे ।

प्रथम उपाध्यक्षका उम्मेदवार नोकरी नेपाल प्रा. लि.का संचालक नरेन्द्रप्रसाद ढकालले वैदेशिक रोजगार क्षेत्रमा सिन्डिकेट गतिविधि रोक्न अधिकतम प्रयास गर्ने समूहको लक्ष्य रहेकोे भन्दै व्यवसायीलई घात गर्ने कुनै काम नगर्ने प्रतिबद्धता जनाए ।
नेपाली दूतावासहरूमा मागपत्र प्रमाणीकरणका लागि पेस भएपछि प्राथमिकता सूचीका आधारमा प्रमाणीकरण हुने व्यवस्थाको सुनिश्चितता गर्ने पनि ढकालले बताए ।  

द्वितीय उपाध्यक्षका उम्मेदवार अलर्ट ओभरसिज प्रा. लि.का संचालक देव खोखालीले वैदेशिक रोजगारपीडितका नाममा हुने अराजकताको अन्त्य र व्यवसायी सुरक्षाका लागि काम गर्ने आफ्नो प्रतिबद्धता रहेकोे जनाए ।

तृतीय उपाध्यक्षका उम्मेदवार इम्प्लोइमेन्ट क्रियसन सर्भिस प्रा. लि.का संचालक हर्क लिम्बूले इमानदार र कर्तव्यनिष्ठ व्यवसायीका समस्या समाधान गर्ने भन्दै सिंगो प्यानललाई मत दिन आग्रह गरे ।

महासचिवका उम्मेदवार ग्लोबल राइजिङ प्लेसमेन्ट प्रा. लि.का संचालक महेशकुमार बस्नेतले व्यवसायीलाई पेसा टेकाउने सुनिश्चितता निर्माण गर्नु वर्तमानको सबैभन्दा  महत्त्वपूर्ण विषय रहेकोे बताए । उनले वैदेशिक रोजगारलाई सेवा उद्योगका रूपमा विकास गर्न पहल गर्ने प्रतिबद्धता जनाउँदै व्यवसाय र व्यवासयी शुद्धीकरण गरी सम्मानित बनाउने, वैदेशिक रोजगार विभागमा बिनाप्रमाणका उजुरी दर्ता रोक्न संयन्त्र बनाउने, व्यवसायीलाई अनावश्यक दुःख दिनेको पहिचानका लागि ब्ल्याकलिस्ट सफ्टवेयर निर्माण गरेर काम गर्ने प्रतिबद्धता जनाए ।

सचिव पदका उम्मेदवार आकृति रिक्रुटिङ प्रा. लि.का संचालक  कुन्छा दोर्जे दिम्दोङले व्यवसायीलाई समस्या र आर्थिक भार पार्नेगरी वैदेशिक रोजगार ऐनमा संशोधन गर्न लागिएको अवस्थामा त्यसलाई रोक्न संघको नेतृत्व इमानदार,  बलियो र प्रभावकारी हुनुपर्नेमा जोड दिए । उनले व्यवसायीले उम्मेदवारको पहिचान गरेर मतदान गर्न आग्रह गरे । 

कोषाधक्षका उम्मेदवार शुभ हारती म्यानपावर प्रा. लि.का संचालक विक्रम श्रेष्ठले विभिन्न स्रोतहरूको खोजी गरी आर्थिक रूपमा संघलाई बलियो बनाउने बताए । उनले आर्थिक कारोबारलाई पारदर्शी बनाई व्यवसायीको लेबीमा मात्र निर्भर नगराई अन्य स्रोतहरूको खोजी गर्ने बताए । कार्यक्रम प्यानलका सदस्यका उम्मेदवारहरूले पनि आ–आफ्नो धारणा र प्रतिबद्धता जनाए ।

सो प्यानल कार्यसमिति सदस्यमा राज ग्रुप अफ कम्पनीका संचालन राज लामा तामाङ, इम्पेरियल ओभरसिज प्रा. लि.की संचालक विद्यालक्ष्मी बज्राचार्य, हिमालयन भ्याली नेपाल प्रा. लि.का संचालक देवीप्रसाद गिरी, ब्रदर इन्टरनेसनल इम्प्लोइमेन्ट प्रा. लि.का संचालक दीपककुमार राय, रसुवा ओभरसिज प्रा. लि.का संचालक सुवर्ण लामा, सेक्युर नेपाल जब प्रा. लि.का संचालक सुमनराज पाण्डे,  युनिक ओभरसपज प्रा. लि.की संचालक तिलरूपा दाहाल, सिल्भर कर्नर ओभरसिजका कैलाश पाठक उम्मेदवार बनेका छन् ।

त्यस्तै, युनिभर्स एच. आर. सोलुसन प्रा. लि.का संचालक भरत सापकोटा र रिजा ओभरसिज प्रा. लि.की संचालक रेखा शर्मा, इगल मेनपावर कन्सल्टेन्ट प्रा. लि.का संचालक कृष्ण ढकाल सदस्यका उम्मेदवार बनेका छन् ।

मूल निर्वाचन परिचालन समितिका संयोजक तिलकबहादुर रानाभाट,  प्रचारप्रसारमा समिति सयोजक किरणकिशोर घिमिरे, संघका पूर्वअध्यक्ष हंशराज वाग्ले। एसोसिएसन अध्यक्ष दीपक थापा, गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्च अध्यक्ष धनलाल जैशी, वैदेशिक रोजगार व्यवसायी महिला संघकी अध्यक्ष प्रतिमा महर्जनलगायतको उपस्थिति थियो ।  

नेपाल वैदेशिक रोजगार लोकतान्त्रिम एसोसिएसनका कार्यबाहक महासचिव तुलसी पुरीले संचालन गरेको कार्यक्रमको क्षेत्रीय भेलाको सभापतित्व संघका पूर्व प्रथम उपाध्यक्ष किशोर केसीले गरेका थिए ।
 

ADV

सम्बन्धित खबर

Advertise