२०८२ वैशाख ४ गते बिहिवार / Apr 17 , 2025 , Thursday
२०८२ वैशाख ४ गते बिहिवार
Ads

आतिथ्य संस्कार र स्वादको नेतृत्व गर्दै होटल पौवा 

draupadi film
छबि सापकोटा
२०८१ चैत २६ गते ०७:२४
आतिथ्य संस्कार र स्वादको नेतृत्व गर्दै होटल पौवा 

काठमाडौं  : ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ नेपाली हस्पिटालिटी सहितको सेवा दिइरहेको होटल पौवाका १८ वटा शाखाबाट सेवा दिइरहेको छ । पहिलो पौवा होटल लुम्बिनी प्रदेशबाट सुरु गरेर ९ वर्षमा १८ वटा शाखा पु¥याएको छ भने ७ सय भन्दा बढिलाई प्रत्यक्ष रोजगारी दिएको छ । नेपालीमा विदेशी चेन होटलको आगमन हुँदै गर्दा नेपाली ब्राण्डको रुपमा होटल पौवाले आफ्नो रफ्तार बढाएको छ । आतिथ्य संस्कार र स्वादको नेतृत्वको रुपमा होटल पौवाले स्थापनादेखि नै काम गर्दै आएको छ ।  

होटल पौवाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले नेपालगन्जमा पाँचतारे होटल ‘पौवा वेस्ट्रन’ बनिरहेको बताए । उनले भने ‘ नेपाल आउने उच्चकोटीका विदेशी पर्यटकलाई नेपालको हस्पिटालिटी, संस्कार र स्वाद ‘पौवा वेस्ट्रन’ दिन्छ । ‘पौवा वेस्ट्रन’ नेपाल झल्किनेगरी निमार्ण भइरहेको छ । पहिलो चरण अन्तरगत अत्याधुनिक सभा हल तथा नेपाली रेस्टुरेन्ट सुुरु भएको छ भने आगामी दुई वर्ष भित्र पुर्ण रुपमा सञ्चालनमा आउनेगरी निमार्णको काम भइरहेको छ ।’  

‘पौवा वेस्ट्रन’ फरक फरक नेपाली  स्वाद प्रतिनिधित्व गर्ने गरी ५ वटा रेष्टुरेन्ट, साना ठुलागरी १८ वटा  सभा हल बन्दैछन् । होटलमा ७ वटा स्वीट रुम सहित ९६ वटा डिलक्स रुम क्यासिनो, वेलनेस सेन्टर, स्विमिङदेखि योगहलसम्मको व्यवस्था हुने अध्यक्ष भण्डारीले बताए ।

पौवाका उपाध्यक्ष ध्रुवराज न्यौपानेले आगामी १० वर्षमा सय वटा होटल खोल्ने र ५ हजारजनालाई रोजगारी दिनेसक्नेगरी देशभर पौवाका बिस्तार गर्ने उदेश्य रहेको बताए । उनले भने ‘नेपाली लगानीकर्ताले नै देशकै उत्कृष्ट चेन होटलको व्यवस्थापन गर्न सक्षम छन ।  नेपाल घुम्ने आन्तरिक र विदेशी पर्यटकको लागि नेपाली संस्कार, खाना, सस्कृृतिलाई चिनाउन काम होटल पौवाले बिगत ८ वर्षदेखि गरिरहेको छ ।’ उनले भने ‘नेपाली आतिथ्यता देशभरकै १८ वटा होटल पौवाका शाखामा देख्न सकिन्छ ।’

होटल पौवाले ३ वटा मोडेलमा आफ्नो शाखा बिस्तार गर्ने गरेको छ । पहिलो मोडेलमा आफ्नै लगानी र स्वामित्वमा सेवा दिने, दोस्रो स्थानीय साझेदारसँग संस्थागत साझेदारीमा सेवा दिने र तेस्रो मोडेलमा होटलको सम्पुर्ण ब्यवस्थापन गर्ने । पछिल्लो समय होटल क्षेत्रमा लगानी गर्ने तर सञ्चालन गर्न नसक्ने होटललाई पौवाले व्यवस्थापकिय टिमले चलाउन सहयोग समेत गर्ने गरेको छ । 
नेपाली संस्कार, सस्कृति र स्वादलाई निरन्तर बिस्तार गरिरहेको नेपालीको अग्रणी होटल पैवाले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा स्वाद उत्सव मनाइरहेको छ ।  सोमबारबाट सुरु भएको स्वाद उत्सव शुक्रबारसम्म चल्ने ब्राण्डिङ प्रमुख विष्णु भण्डारीले बताए ।

५ दिनसम्म चल्ने स्वादउत्सवमा हरेक दिन फरक फरक पौवाको नेपाली स्वाद निशुल्क लिन सकिने छ । पौवाले नेपाली स्वाद, संस्कृति र आतिथ्य संस्कारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने  लक्ष्यका उत्सवकै रुपमा मनाइरहेको भण्डारीको भनाई छ । 

उत्सवमा पौवाका सेफहरूबीच नै स्वस्थ प्रतिस्पर्धा, स्थानीय उत्पादनबाट बन्ने परिकार, नेपालमै फलेको खाद्य पदार्थ एवं तरकारीका परिकारको स्वाद देशभरकै १८ वटा शाखामा राखिएको छ । यस्तै होटल पौवाले स्थापनाको नवौं वार्षिकोत्सवको अवसरमा स्वाद उत्सव कार्यक्रम तथा कर्मचारी सम्मान कार्यक्रम गरेको छ । आफ्नो सबै शाखामा उत्कृष्ट कार्यसम्पादन गर्ने ८ जनालाई सम्मान गरेको हो । सम्मानित हुने कर्मचारीमा चिरन्जिवी भट्टराई, केशव भण्डारी, सेफ दिपक भण्डारी, अशोक यादव, विशालसिह ठकुरी, हरि न्यौपाने, ईन्दिरा चौधरी, प्रेम घिमिरे रहेका छन् । 
 

ADV

सम्बन्धित खबर

Advertise