२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

पोखराको बिरौटामा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालनमा

ADV
मध्यान्ह
२०८१ असार २० गते १३:३८
पोखराको बिरौटामा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालनमा

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९३औं शाखा कास्कीको पोखरा महानगरपालिकास्थित बिरौटामा सञ्चालनमा ल्याएको छ । यससँगै गण्डकी प्रदेशमा सञ्चालनमा रहेका सिटिजन्स बैंकका शाखाहरु १४ पुगेका छन् ।

बिरौटामा बिहीबार आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले नयाँ शाखाको शुभारम्भ गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्राहकहरूलाई उत्कृष्ट सेवा सुविधा उपलब्ध गराउने क्रममा पोखरामा थप एक शाखा सञ्चालनमा ल्याइएको बताउँदै अझ उच्चस्तरीय ग्राहक सेवामा समर्पित रहने प्रतिबद्धता जनाए ।

उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो । सुविधा सम्पन्न यो शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य बैंकले राखेको छ ।

नयाँ शाखा स‍ञ्चालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पाेरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङजस्ता सेवाहरु पहिलो वर्ष निशुल्क प्राप्त गर्न सकिने बैंकले जनाएको छ । डि-म्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षका लागि छुटको व्यवस्था गरिएको र लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५ प्रतिशत र पहिलो वर्ष लकर शुल्कमा ५० प्रतिशत छुट उपलब्ध रहेको बैंकले बताएको छ । 

बिरौटामा आफ्नो नयाँ शाखाको शुभारम्भ गरेको दिनमा नै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा १७ छोरेपाटनमा अवस्थित श्री गुप्तेश्वर महादेव वेदविज्ञान पाठशालालाई दैनिक उपभोग्य खाद्यान्न सामग्रीहरु उपलब्ध गराएको छ । पाठशालामा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले सहयोग स्वरुप सामग्रीहरु हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले पाठशालामा आवासीयरुपमा रहेर संस्कृत अध्ययन गर्दै आएका विद्यार्थीहरुलाई सहयोग गर्न पाउँदा आफू हर्षित भएको बताए । 

सिटिजन्स बैंकले देशैभर फैलिएका आफ्ना १९३ वटा शाखा, १५६ वटा एटिएम. र ९८ वटा शाखारहित बैंकिङ इकाइहरुबाट १७ लाख ६० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५६ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंकले यसै आर्थिक वर्षमा थप ४ शाखा विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गरिने बताएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise