२०८२ वैशाख २ गते मङ्गलवार / Apr 15 , 2025 , Tuesday
२०८२ वैशाख २ गते मङ्गलवार
Ads

नेपाल वैदेशिक रोजगार व्यवसायी संघ निर्वाचन : ललितपुर र धुम्बाराहीमा क्षेत्रीय चुनावी सभा

draupadi film
२०८१ चैत २७ गते ०६:४५
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ निर्वाचन : ललितपुर र धुम्बाराहीमा क्षेत्रीय चुनावी सभा

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी २९ चैतमा हुने कार्यसमिति निर्वाचनका लागि दुवै प्यानल प्रचारप्रसारको अन्तिम चरणमा पुगेका छन् ।

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको निर्णयविरुद्ध उभिएको फरकधार र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनबीचको तालमेलमा बनेको संयुक्त व्यवसायी समूहको अध्यक्षका उम्मेदवार रहेका मञ्चका पूर्वअध्यक्ष रहेका गेलाल प्यानलले मंगलबार ललितपुर र धुम्बाराहीमा क्षेत्रीय चुनावी सभा सम्पन्न गरेको छ ।

अध्यक्षका उम्मेदवार गेलालले व्यवसायीमा समस्याको छिटो समाधान गर्ने आवश्यकताअनुसार प्रमुख २ घटकको तालमेल र अन्य क्षेत्रीय तथा भेगीय संस्था तथा त व्यवसायीको समर्थनमा चुनावी मैदानमा आएको बताए ।

संघको वर्तमान कार्यसमितिले व्यवसायीको पक्षमा ऐतिहासिक काम गरेकाले त्यसको निरन्तरताका रूपमा आफ्नो प्यानल आएको भन्दै आफ्नो नेतृत्वले गर्न बाँकी काम संघमा निर्वाचित भएको ३ देखि ६ महिनाभित्र टुंगोमा पुर्‍याउने दोहोर्‍याए । 

गेलालले आफ्नोे प्यानलको कार्यसमितिले आगामी २ वर्षे अवधिमा संख्या सय समस्याको समाधान, मागपत्र प्रमाणीकरण, श्रम स्वीकृतिमा सहजीकरण जस्ता वर्षाैंदेखि थाँती रहेका समस्या समाधान गरेरै छाड्ने भन्दै कुनै दुविधा नराखी प्यानललाई आफ्नो मत प्रदान गर्न आग्रह गरे ।

संघलाई राजनीतिक खिताचानीबाट मुक्त समस्या समाधान मुखी बनाउने र व्यवसायीको रोजीरोटी खोस्न जुनसुकै आवरण आउने सिन्डिकेटका विरोधमा आमरण अनशन तहको कठोर कदम चाल्ने प्रतिबद्धता जनाए । उनले भने, ‘उम्मेदवारी दर्ताअघि सिन्डिकेटमा समर्थन जनाउनु आमाको रगत खानु सरह हो भनेको छु । आज पनि तपाईंहरूका बीचमा सोही प्रतिबद्धता दोहोर्‍याउँछु ।’

प्रथम उपाध्यक्षका उम्मेदवार सुजितकुमार श्रेष्ठले संख्या सयको समस्या समाधान गरेर व्यवसायीलाई तत्कालै राहत दिनेदेखि जब फेयर गरेर युरोपको श्रम बजारमा नेपाली कामदार पठाउन  अवसरको सिर्जना गर्नेसहितका दर्जन बढी योजनामा काम गर्ने बताए ।

तृतीय उपाध्यक्ष बैकुण्ठ पौडेल वैभवले यसअघि जस्तै कूटनीतिक नियोगहरूसँग समन्वय गरेर व्यवसायीका समस्या समाधान र कामदारको हकहितको संरक्षण गर्ने बताए ।

महासचिव कर्णराज कटुवालले मागपत्र प्रमाणीकरण संख्या सय समस्याको समाधान, वैदेशिक रोजगार विभागका समस्याको समाधान, धरौटीबाट व्यवसायीलाई ब्याज दिलाउनेलगायतका गेलाल प्यानलले जनाएका प्रतिबद्धताअनुसारको काम गर्ने बताए । उनले आफू महासचिवको उम्मेदवार बनेपछि केही व्यवसायी पूर्वाग्रही भएर भ्रमको खेतीमा लागेका भन्दै त्यस्ता भ्रमहरूबाट भ्रमित नहुन आग्रह गरे ।

सचिवका उम्मेदवार अनिल बोगटीले व्यवसायीलाई सुरक्षित गर्न सिन्डिकेटको विरोधमा नेतृत्व अलमलमा परे खबरदारी आफ्नो प्रमुख एजेन्डा भएको बताए ।

कोषाध्यक्षकी उम्मेदवार धनुमाया सिँजालीले संघलाई नवीन आर्थिक सोचका साथ अघि बढाउने प्रतिबद्धता जनाइन् ।  कार्यक्रम कार्यसमिति सदस्यका सबै उम्मेदवारले मागपत्र प्रमाणीकरण, संख्या सय समस्याको समाधान, वैदेशिक रोजगार विभागका समस्याको समाधानका विषयमा प्रतिबद्धता व्यक्त गरे ।

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएनका पूर्वअध्यक्ष कुमुद खनालले संघमा कमजोर नेतृत्व आए सिन्डिकेट आउने खतरा रहेकोे दाबी गर्दै चुनावको सन्दर्भमा आउने बहकाउमा नपरी गेलाल नेतृत्वको प्यानललाई मतदान गरेर जिताउन आग्रह गरे ।

क्षेत्रीय चुनावी सभालाई संघका पूर्वअध्यक्ष विमल ढकालले त्याग तपस्या गरेर संस्था जन्माउने हुर्काउने आफूहरू नै आधिकारिक भएको भन्दै भ्रममा नपर्न आग्रह गरे । गेलाल समूह अत्यन्तै सन्तुलित रहेको र विगतदेखि वर्तमानसम्म सिन्डिकेटका कुनै पनि जालझेल र प्रपञ्चमा नलागेको बेदाग रहेकाले पनि पूरै प्यानल जिताउन आग्रह गरे ।

एसोसिएसनका पूर्वअध्यक्ष प्रज्ञान न्यौपाने, संघका अध्यक्ष राजेन्द्र भण्डारी, सो प्यानलका निर्वाचन परिचालन समितिका संयोजक सरोजकुमार पोखरेललगायतले पूरै प्यानललाई मत दिन आग्रह गरे ।

गेलाल प्यानलबाट प्रथम उपाध्यक्षमा एलायन्स ह्युमन रिसोर्स प्रा. लि.का संचालक संघका पूर्वमहासचिव सुजितकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा इम्प्लोइमेन्ट लिंक नेपाल प्रा. लि.का संचालक मधुकर रिजाल, तृतीय उपाध्यक्षमा न्यु अल्फा एचआर प्रा. लि.का संचालक बैकुण्ठ पौडेल वैभव, महासचिवमा डाइनामिक स्टाफिङ सोलुसन प्रा. लि.का संचालक कर्णराज कटुवाल, सचिवमा कन्फिडेन्ट इन्टरनेसनल म्यानपावर प्रा. लि.का संचालक अनिल बोगटी र कोषाध्यक्षमा कालिञ्चोक एचआर प्रा. लि.की संचालक धनुमाया सिँजालीले उम्मेदवारी दिएका छन् । 

सो प्यानलबाट कार्यसमिति सदस्यमा माउन्टेन ग्रुप प्रा. लि.का संचालक देउमान नेम्बाङ, ग्रोथ प्रोसेस इन्टरनेसनल इम्प्लोइमेन्ट प्रा. लि.का संचालक राजेन्द्र बस्नेत, उज्यालो ओभरसिज प्रा. लि.का संचालक चन्द्र लिम्बू, विनर एचआर सोलुसन प्रा. लि.की संचालक हिमा गुरुङ, रियो ओभरसिज प्रा. लि.की संचालक रमा खड्का, गल्फ इम्पायर ओभरसिज प्रा. लि.का संचालक दिनेश बस्नेत, आयुश ओभरसिज प्रा. लि.का संचालक कामेश्वर साह राहुल, सिगुल ओभरसिज प्रा. लि.का संचालक छत्र बस्नेत, डेष्टिनी ह्युमन रिसोर्स प्रा. लि.का संचालक युवराज देवकोटा र गल्फ एसिया म्यानपावर प्रा. लि.का संचालक राजेश यादवले उम्मेदवारी दिएका छन् । 

कार्यक्रममा तराई वैदेशिक रोजगार व्यवसायी समाजका अध्यक्ष नवलकिशोर यादव र खोजी रिक्रुटमेन्ट प्रा. लि.का संचालक मोहम्मद जुनैद लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा व्यवसायी हृदयनारायण दासको उपस्थिति थियो ।

उता, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चसँगको तालमेलका आधारमा बनेको प्यानलको अध्यक्ष पदमा उम्मेदवारी दिएका संघका पूर्व द्वितीय उपाध्यक्ष तथा गुरुङ म्यानेजमेन्ट प्रा. लि.का संचालक भुवनसिंह गुरुङ प्यानलका उम्मेदवारले घरदैलो गरेर प्यानललाई मत मागिरहेका छन् ।

गुरुङको प्यानलबाट प्रथम उपाध्यक्षमा नोकरी नेपाल प्रा. लि.का संचालक नरेन्द्रप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा अलर्ट ओभरसिज प्रा. लि.का संचालक देवकुमार खोखाली, तृतीय उपाध्यक्षमा इम्प्लोइमेन्ट क्रियसन सर्भिस प्रा. लि.का संचालक हर्कबहादुर लिम्बू, महासचिवमा ग्लोबल राइजिङ प्लेसमेन्ट प्रा. लि.का संचालक महेशकुमार बस्नेत, सचिवमा आकृति रिक्रुटिङ प्रा. लि.का संचालक कुन्छा दोर्जे दिम्दोङ र कोषाध्यक्षमा शुभ हारती म्यानपावर प्रा. लि.का संचालक विक्रम श्रेष्ठले उम्मेदवारी दिएका छन् । 

सो प्यानलबाट कार्यसमिति सदस्यमा इम्पेरियल ओभरसिज प्रा. लि.की संचालक विद्यालक्ष्मी बज्राचार्य, राज ग्रुप अफ कम्पनीका संचालक राज लामा तामाङ, हिमालयन भ्याली नेपाल प्रा. लि.का संचालक देवीप्रसाद गिरी, ब्रदर इन्टरनेसनल इम्प्लोइमेन्ट प्रा. लि.का संचालक दीपककुमार राय, रसुवा ओभरसिज प्रा. लि.का संचालक सुवर्ण लामा, सेक्युर नेपाल जब प्रा. लि.का संचालक सुमनराज पाण्डे, सिल्भर कर्नर ओभरसिज प्रा. लि.का कैलाश पाठक, ग्लोबल एचआर हब प्रा. लि.की संचालक गीता राउत, युनिभर्स एच. आर. सोलुसन प्रा. लि.का संचालक भरत सापकोटा, रिजा ओभरसिज प्रा. लि.की संचालक रेखा शर्मा, इगल म्यानपावर कन्सल्टेन्ट प्रा. लि.का संचालक कृष्ण ढकालले उम्मेदवारी दिएका छन् ।

यता, प्रथम उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका व्यवसायी अख्तर हुसेन तथा सचिव पदका स्वतन्त्र उम्मेदवार ईश्वर सापकोटाले पनि चुनावी अभियानलाई तीव्रता दिएको बताएका छन् ।

ADV

सम्बन्धित खबर

Advertise