२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

शून्य प्रतिशत ब्याजदरमै हुन्डाईको कोना किन्न पाइने

ADV
मध्यान्ह
२०८१ असार २० गते १३:५२
शून्य प्रतिशत ब्याजदरमै हुन्डाईको कोना किन्न पाइने

काठमाडौं : नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय गाडी कोनाको खरिदमा शून्य प्रतिशत ब्याजदर योजना सार्वजनिक गरेको छ । हुन्डाईले कोनामा “जिरो इमिसन, जिरो इन्टरेस्ट”  योजना ग्राहकमाझ सार्वजनिक गरेको हो ।

दिगोपन र पर्यावरणमैत्री भविष्यलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता थप मजबुत गर्न यस योजनाअन्तर्गत इच्छुक ग्राहकहरुले शून्य प्रतिशत ब्याजदरमा पाँच वर्षका लागि ५० प्रतिशत डाउनपेमेन्ट गरी हुन्डाई कोना खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

हुन्डाई कोना २ वटा भेरियन्टमा उपलब्ध छ । कोना जीएलको मूल्य ५९ लाख ९६ हजार र जीएलएस भेरियन्टको मूल्य ६४ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

हुन्डाई कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टम युक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर ब्याट्री रहेको छ, जसका कारण यसमा हाइ इनर्जी डेन्सीटी रहन गइ रेन्जसमेत बढ्ने कम्पनीको भनाइ छ । कोना इलेक्ट्रीकलाई एक पटकको सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिने छ । हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, डे टाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट पाउन सकिने र यसलाई १०० किलोवाट डीसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्ने कम्पनीले बताएको छ ।

नेपालमा हुन्डाईका गाडी लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री वितरण गर्दै आइरहेको छ । विद्युतीय गाडीलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको कम्पनीले विभिन्न चरणमा आयोजना गरेको हाइ भोल्टेज ब्याट्री चेकअप क्याम्पमा पाँच सयभन्दा बढी विद्युतीय सवारीसाधनमा परीक्षणको नतिजा अनुसार ५ वर्षसम्म चलाइएका कोनाका ब्याट्रीको शक्ति ९८ प्रतिशतभन्दा बढी पाइएको थियो ।

विश्वव्यापीरूपमा निकै रुचाइएको कोना नेपाली बजारमा पनि धेरै रुचाइएको विद्युतीय गाडी हो । हुन्डाई कोनाले नेपालमा विद्युतीय गाडीप्रतिको सोच, क्षमता, यसको उपयोगितालाई नयाँ परिभाषा मात्र दिएको छैन, यसले स्थापना गरेको विद्युतीय गाडीप्रतिको विश्वास, आफ्नो सर्वाधिक रि-सेल भ्यालुबाट दोस्रो बजारमा समेत आफ्नो पहिचान मजबुत बनाएको कम्पनीको भनाइ छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपालभर १६ शोरुम तथा १९ सर्भिस सेन्टरहरुमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । साथै ईभी चार्जिङ गर्नका लागि ४४ भन्दा बढी स्थानमा चार्जिङ पोइन्ट स्थापना गरे सेवा प्रदान गरिएको कम्पनीले बताएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise