२०८२ वैशाख ५ गते शुक्रवार / Apr 18 , 2025 , Friday
२०८२ वैशाख ५ गते शुक्रवार
Ads

प्रधानमन्त्रीद्वारा पाणिनी तपोभूमि सम्मेलन उद्घाटन

draupadi film
मध्यान्ह
२०८१ चैत २७ गते १४:२७
प्रधानमन्त्रीद्वारा पाणिनी तपोभूमि सम्मेलन उद्घाटन

अर्घाखाँची : प्रधानमन्त्री केपी शर्मा ओलीले अर्घाखाँचीको पाणिनी गाउँपालिकामा आयोजित ऐतिहासिक पाणिनी तपोभूमि सम्मेलनको आज उद्घाटन गरेका छन् ।

दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा संस्कृत भाषाका विद्वान्, धर्मगुरु, शोधकर्ता, नीतिनिर्मातालगायतको उपस्थिति रहेको छ । कार्यक्रम लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद् तथा पाणिनी गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा भएको हो ।

विश्वको प्राचीन संस्कृत भाषाको व्याकरणको उत्पत्ति भएको ऐतिहासिक पुण्य र तपोभूमि पाणिनीलाई विश्वसामु चिनाउन ‘पाणिनी तपोभूमि सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेपाली काँग्रेसका नेताद्वय डा चन्द्र भण्डारी र डा पुष्पा भुसाल, प्रदेशका उद्योग तथा पर्यटनमन्त्री प्रचण्डविक्रम न्यौपानेलगायतको उपस्थिति रहेको छ ।

अर्घाखाँचीको पणेना (हालको पाणिनी गाउँपालिका) मा सिद्धेश्वर दह नजिकै पाणिनी ऋषिले २८ दिनसम्म कठोर तपस्या गरेका थिए । पहिले सागपात, पछि जल र अन्तमा वायु मात्र सेवन गरेर गरेको तपस्याले महादेव प्रसन्न भई ताण्डव नृत्यका क्रममा डमरुको तालमा १४ माहेश्वर सूत्रहरू प्रदान गरेको किवंदन्ती रहेको छ ।

ADV

सम्बन्धित खबर

Advertise