२०८२ वैशाख २ गते मङ्गलवार / Apr 15 , 2025 , Tuesday
२०८२ वैशाख २ गते मङ्गलवार
Ads

साउदीमा कार्यरत पाँच नेपालीलाई विवरण दर्ता गर्न आग्रह

draupadi film
मध्यान्ह
२०८१ चैत २९ गते २१:२३
साउदीमा कार्यरत पाँच नेपालीलाई विवरण दर्ता गर्न आग्रह

रियाद : साउदी अरेबियास्थित नेपाली राजदूतावास रियादले साद ट्रेडिङ, कन्ट्रक्सन एण्ड फाइनान्सिएल सर्भिस कम्पनीमा कार्यरत पाँच नेपाली कामदारलाई कम्पनीबाट बाँकी रकम लिनका लागि आफ्नो विवरण दर्ता गर्न आग्रह गरेको छ । 

दूतावासले एक सूचना जारी गर्दै कम्पनी हाल विचलनको अन्तिम चरणमा रहेकाले बाँकी रकम दाबी गर्नका लागि कामदारहरूले तोकिएको अनलाइन लिंकमार्फत आफ्नो विवरण अनिवार्य रूपमा दर्ता गर्नुपर्ने आग्रह गरिएको छ । 

राजदूतावासद्वारा जारी सूचना अनुसार अमर सिंह पुन (आइडी नम्बर २२१७०५११८०), केशर लोक (आइडी नम्बर २२१७०५०४५५), लाछुमन कामी (आइडी नम्बर २१५३९७१५६५), मणिप्रसाद राई (आइडी नम्बर २१५३९७००७०) र हुटी कुनवार (आइडी नम्बर २१३७१४७३५७) लाई यथाशीघ्र आफ्नो विवरण दर्ता गर्न आग्रह गरिएको छ ।

कामदारहरूले आफ्नो विवरण दर्ता गर्नका लागि https://ehqaq.sa/ मा लगइन गर्न सक्नेछन् । साथै, थप जानकारी वा सहयोगका लागि राजदूतावासको इमेल ठेगाना र कम्पनीको इमेल ठेगानामा सम्पर्क गर्न आग्रह गरिएको छ । 

राजदूतावासले सम्बन्धित कामदारहरू वा उनीहरूका आफन्तहरूलाई तत्काल सम्पर्क गरी विवरण दर्ता प्रक्रिया अगाडि बढाउन विशेष अनुरोध गरेको छ ।

No description available.

ADV

सम्बन्धित खबर

Advertise