२०८२ वैशाख ६ गते शनिवार / Apr 19 , 2025 , Saturday
२०८२ वैशाख ६ गते शनिवार
Ads

कविता : शिक्षक

draupadi film
२०८१ चैत ३० गते ०६:००
कविता : शिक्षक

-सविता बिमली

बडो कठिन हुन्छ
कोही जाँदै गरेको हेर्न !

जन्माएर छोरी
जब अन्माउँछे आमा
हल्लाउँछ जब बाबुले
बिदाइको हात
त्यसपछिको सन्नाटामा
कति गुञ्जिँदा हुन्
उसका घुर्की, लाड, प्यार
रुवाइ, चकचक, बदमासी !

ठीक त्यस्तै
हरेक वर्ष
बिदा हुन्छन् केटाकेटी
विद्यालयको फाटकबाट !

आउनेहरूलाई
उस्तै स्नेह गरे पनि
छाडेर गएकाहरू
मनबाट कहिल्यै जाँदैनन् !

यस्तो माया आमाले गर्छे सायद !
यी यादमा कुनै बाबु हराउँदो हो !
म शिक्षक
उस्तै लाग्छ माया
उसैगरी दुख्छु सम्झनामा
बडो कठिन हुन्छ
कोही जाँदै गरेको हेर्न ।

ADV

सम्बन्धित खबर

Advertise