काठमाडौं : नेपाल वैदेशिक राेजगार व्यवसायी संघको निर्वाचनमा ९१ प्रतिशतभन्दा बढी मतदान भएको छ । संघको निर्वाचनका लागि ८९३ प्रतिनिधि सूचीकृत भएकोमा ८१३ जनाले मात्रै मतदानमा भाग लिएको निर्वाचन समितिले जनाएको छ ।
मतदान दिउँसो साढे ४ बजेपछि सुरु भएको थियो भने राति साढे ९ बजेसम्म मतदान केन्द्रमा उपस्थित मतदाताले मतदान गर्न पाएका थिए ।
संघको २१ सदस्यीय कार्यसमितिमध्ये अध्यक्षसहित ७ पदाधिकारी र १० जना कार्यसमिति सदस्यका लागि निर्वाचन भएको हाे । त्यसका लागि दुई प्यानलका ३४ र स्वतन्त्र २ गरी ३६ जनाको उम्मेदवारी परेको थियो । ४ सदस्य अध्यक्षले मनाेनयन गर्ने व्यवस्था छ । संघको निर्वाचन मतपत्रका आधारमा भएको हाे ।