२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

१७ फरार प्रतिवादी पक्राउ, अदालतमा बुझाइयो

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ असार २० गते १७:२५
१७ फरार प्रतिवादी पक्राउ, अदालतमा बुझाइयो

रौतहट : प्रहरीले विभिन्न मुद्दामा फरार रहेका १७ जना प्रतिवादीलाई नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि जिल्ला अदालत सर्लाहीमा बुझाएको छ ।

सर्लाही जिल्ला अदालतबाट विभिन्न समयमा भएका फैसला कार्यान्वयन गर्ने सिलसिलामा जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएका प्रहरी टोलीले विभिन्न मुद्दामा फरार रहेका १७ जना प्रतिवादीलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाएको हो ।

पक्राउ पर्नेहरुमा दाइजो प्रथा तथा ज्यान मार्ने उद्योगमा धरौटी रकम १० हजार तोकिएका हरिपूर्वा नगरपालिका–२ का शत्रुधन साह हलुवाई, नकबजनी चोरी मुद्दामा दुई महिना कैद र ५ जरिवाना तोकिएका धनकौल गाउँपालिका–५ का अमरनाथ राउत, गालीगलौज मुद्दामा ६५ रुपैयाँ ५७ पैसा जरिवाना तोकिएका धनकौल गाउँपालिका–१का हरिफी महतो, जगनाथ महतो, विरन्द्र महतो, राजदेव महतो, जितेन्द्र महतो, लखन महतो र महेन्द्र महतो, गालीगलौज मुद्दामा ४१ रुपैयाँ ५७ पैसा धरौटी तोकिएका धनकौल गाउँपालिका–१ का कुसुमी हजारी र नागेन्द्र हजारी र कुटपिट मुद्दामा ६० रुपैयाँ जरिवाना तोकिएका बरहथवा नगरपालिका–९ का रामऔतार महरा, सोनालाल महरा र मोहपन महरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यसैगरी कुटपिट मुद्दामा ५ सय रुपैयाँ धरौटी तोकिएका सुन्दरपुर चुहडवाका तिरकुल चौधरी, कुटपिट मुद्दामा २ रुपैयाँ जरिवाना तोकिएका सुन्दरपुर–४ का महरचन मुखिया र गाली बेइज्जती मुद्दामा एक सय रुपैयाँ जरिवाना तोकिएका बरहथवा नगरपालिका–१४ का विरेन्द्र प्रसादलाई पनि पक्राउ गरिएको सर्लाही प्रहरीले जानकारी दिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise