२०८२ वैशाख १ गते सोमवार / Apr 14 , 2025 , Monday
२०८२ वैशाख १ गते सोमवार
Ads

संघको निर्वाचनले दिएको सन्देश

draupadi film
मध्यान्ह
२०८१ चैत ३१ गते ०७:१०
संघको निर्वाचनले दिएको सन्देश

काठमाडौं: नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३० औं तथा ३१ औं साधारणसभा वैदेशिक रोजगार व्यवसायीहरूका लागि हजारौं कोण छोडेर बिदा भएको छ । आगामी २ वर्षे कार्यकालका लागि ७ पदाधिकारी र १० सदस्यसहित १७ जना व्यवसायी निर्वाचित गरेर सम्पन्न भएको संघको साधारणसभा महिनौंदेखि तयारीमा रहेकाहरूलाई बाहेक धेरैलाई आश्चर्यजनक रह्यो ।

यसपटक अन्तिम अवस्थासम्म साँगुरो मतान्तरले जीतहारको छिनोफानो हुने धेरैको अड्कल रहेको बेला वैदेशिक रोजगार व्यवसायी प्रगतिशील मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक व्यवसायी एसोसिएसनको एउटा पक्ष तथा एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनबीच तालमेलमा बनेको संयुक्त व्यवसायी समूहका अध्यक्ष उम्मेदवार नरेश गेलाललाई ६१ मतको अन्तरले हराउँदै नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार  एसोसिएसनका उम्मेदवार भुवनसिंह गुरुङ विजयी भए । जितहारको फराकिलो अन्तर प्रतिद्वन्द्वी प्यानलका लागि विस्मात् सरह भयो भने नेपालको वैदेशिक रोजगार क्षेत्रलाई नजिकबाट नियाल्ने बुद्विजीवि तथा अनुसन्धानकर्ताका लागि पनि खोजीको विषय बनेको छ । 

संघको निर्वाचनमा प्रष्ट रूपमा एउटा विषय के रह्यो भने नेपाल लोकतान्त्रिक वैदेशिक व्यवसायी एसोसिएसनको संस्थापन भनेको संस्थापन नै हो । जुन प्रतिकूल परिस्थितिमा पनि हार मान्दैन । बलियो नै रहन्छ भन्ने प्रष्ट सन्देश दिएको छ । यो जीत निकाल्न एशोसिएशनका संस्थापक अध्यक्ष तिलक रानाभाट , संस्थापक महासचिव रामबहादुर बस्नेत, पूर्व अध्यक्ष किरण किशोर घिमिरे, वर्तमान अध्यक्ष दिपक थापालगायतको अहोरात्र खटाई उल्लेखनीय रह्यो । दम्भ छोडेर असन्तुट पक्षलाई मिलाउने हो भने नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको हैसियतमा रहेको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन वैदेशिक रोजगारको क्षेत्रको ठूलो, भरपर्दो र विश्वसनीय संथाका रूपमा स्थापित भइरहने सन्देश दिएको छ ।

निर्वाचनले प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको एक पक्ष र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनको गठबन्धन हुँदापनि ६१ मतको अन्तरले पराजित हुनुले प्रगतिशील मञ्चलाई वाह्य पक्षसँगको प्रतिस्पर्धामा जित हासिल गर्न आन्तरिक एकता अति आवश्यक छ भन्ने सन्देश दिएको छ । कार्यसमिति निर्वाचन परिणामले संघको नवनिर्वाचित नेतृत्वलाई सहकार्य र सहअस्तित्वको मर्मलाई आत्मसात गर्ने सुझाएको कतिपय व्यवसायीको विश्लेषण छ ।

नेपालको वैदेशिक रोजगार क्षेत्रमा आफूलाई तमु भन्न रूचाउने गुरूङ समुदायको लामो समयदेखि बाहुल्यता रहेको मानिन्छ । तर यसपटक तामाङ व्यवसायी उम्मेदवारहरूले पाएको सफलताले वैदेशिक रोजगार क्षेत्रमा तामाङ व्यवसायीको उपस्थिति बलियो बन्दै गएको देखाउँछ ।
 

ADV

सम्बन्धित खबर

Advertise