२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

क्रेस्ट माइक्रो लाइफको ‘समृद्धि लघु जीवन बीमा योजना’ सार्वजनिक

Nada
२०८१ असार २० गते २०:४१
Shares
क्रेस्ट माइक्रो लाइफको ‘समृद्धि लघु जीवन बीमा योजना’ सार्वजनिक

काठमाडौं : क्रेस्ट माइक्रो लाईफ इन्स्योरेन्सले ‘समृद्धि लघु जीवन बीमा योजना’ सार्वजनिक गरेको छ । लघु बीमाको लक्षित बर्ग नेपाल राज्यका गरिव, न्यून आय भएका वर्ग, पिछडिएको क्षेत्रका बासिन्दा तथा सीमान्तीकृत समुदायका विविध इच्छा, चाहनालाई सम्वोधन गरी बीमाको पहुँच विस्तारको लागि समृद्धि लघु जीवन बीमा योजना सार्वजनिक गरेको हो ।

ncell

आर्थिक सुरक्षा र सुरक्षणका लागि समृद्धि लघु जीवन बीमा योजनामा सरिक हुनका लागि प्रवेश उमेर न्यूनतम १८ बर्ष देखि अधिकतम ६० बर्ष सम्म रहेको जनाएको छ । लघुबीमा व्यवसाय गर्न नेपाल बीमा प्राधिकरणबाट स्वीकृत इन्स्योरेन्सले  बीमा अवधि न्यूनतम ५ बर्ष देखि २० बर्ष सम्मको रहेको र बीमाकं रकम न्यूनतम १० हजार बाट नै बीमा लेख लिन सकिने प्रावधान रहेको छ । 

बीमाशुल्क बापत न्यून रकम बुझाई बीमालेख खरिद गर्दाको समयमा नै जीवनको सुरक्षणको सुनिश्चितता हुने, अधिकतम् परिपक्व भुक्तानी, मृत्यु सुविधा, दुर्घटनाका कारण अशक्तता भएमा बीमाशुल्क छुट सुविधाको सुनिश्चितता हुने कम्पनीले जनाएको छ ।

यस्तै आश्रीत परिवार तथा बालबालिकालाई आर्थिक संकटबाट बच्न तथा उच्च शिक्षा, विवाह, वर्तमन तथा अन्य समाजिक कार्य गर्न आर्थिक टेवा पुग्ने जस्ता कुराहरु यस योजनाको आकर्षणको रुपमा रहेको कम्पनीको भनाइ छ ।

ताजा खबर

सम्बन्धित खबर