२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

समृद्धि फाइनान्सका ग्राहकलाई मेघा हस्पिटलमा छुट

Nada
२०८१ असार २० गते २०:४३
Shares
समृद्धि फाइनान्सका ग्राहकलाई मेघा हस्पिटलमा छुट

काठमाडौं : समृद्धि फाइनान्सले काठमाडौंको सानेपामा रहेको मेघा हस्पिटलसँग समझदारी गरेको छ । उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका सम्पूर्ण खातावालाहरुले अबको एक वर्षको अवधिमा समृद्धि मोबाइल बैकिंङ र डेविड कार्ड प्रयोग गरी मेघा हस्पिटलमा छुट पाउने छन् । 

ncell

फाइनान्सकाअनुसार स्वास्थ्य उपचार सेवामा ३० प्रतिशत र फार्मेसीमा १५ प्रतिशत छुट पाउने छन् । सो सुविधाबाट फाइनान्सका सम्पूर्ण खातावालाहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ ।

समझदारी पत्रमा फाइनान्सका तर्फबाट संस्थाका प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत शुभास श्रेष्ठ र मेघा हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक किशोरजंग रानाले हस्ताक्षर गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर