२०८३ असोज २३ गते शुक्रवार / Oct 09 , 2026 , Friday
२०८३ असोज २३ गते शुक्रवार

संघ नेतृत्वको प्राथमिकता संख्या सय समाधान र सिन्डिकेट निस्तेज

Nada
२०८२ वैशाख ४ गते ०६:१५
Shares
संघ नेतृत्वको प्राथमिकता संख्या सय समाधान र सिन्डिकेट निस्तेज

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले संख्या सय समस्या समाधान र जुनसुकै नाम र आवरणमा आउने सिन्डिकेटलाई निस्तेज पार्ने निर्णय गरेको छ । संघको नवनिर्वाचित अध्यक्ष भुवनसिंह गुरुङको अध्यक्षतामा बुधबार बसेको कार्यसमिति बैठकले अन्य धेरै विषयमा छलफल गरेपनि मुख्यरूपमा संख्या सय समस्या समाधान र सिन्डिकेटको विरोध गरी २ विषयमा निर्णय भएको महासचिव महेशकुमार बस्नेतले मध्यान्ह दैनिकलाई जानकारी दिए । 

ncell

संघले त्यस विषयमा बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसहित सचिवलाई भेटेर छलफल गर्ने तयारी गरेको छ । संसदको हिउँदे अधिवेशनमा पेश हुने तयारीमा रहेको संख्या सय समस्या समाधानसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक सरकारले नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउँदा प्रतिपक्षी दलहरूले संसद अवरुद्ध गरेका कारण टेबुल हुन पाएको थिएन ।

संघका अध्यक्ष गुरुङले संख्या सय समस्याको समाधान वैशाख महिनाभित्रै टुंगो लगाउने गरी छलफल, भेटघाट र लविङलाई तीव्र बनाउने सार्वजनिकरूपमा प्रतिबद्धता जनाएका छन् ।

सम्बन्धित खबर