२०८२ वैशाख ६ गते शनिवार / Apr 19 , 2025 , Saturday
२०८२ वैशाख ६ गते शनिवार
Ads

विभाग र संघमा सेट परिवर्तनको संयोग, सर्भर भने डाउनका डाउन

draupadi film
२०८२ वैशाख ४ गते ०६:२०
विभाग र संघमा सेट परिवर्तनको संयोग, सर्भर भने डाउनका डाउन

काठमाडौं : वैदेशिक रोजगार विभागमा महानिर्देशकदेखि निर्देशकसम्म सेट नै परिवर्तन भएको छ । विभागका तत्कालीन महानिर्देशक सूर्यबहादुर खत्री मन्त्रालयमा तानिएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले महानिर्देशकदेखि निर्देशकसम्मको सेट परिवर्तन गरेको हो ।

मन्त्रालयले विभागको महानिर्देशकमा जीवलाल भुसाल, उपमहानिर्देशकमा चन्द्रबहादुर शिवाकोटी र निर्देशकमा टीका ढकाल र उपेन्द्र पौडेल सरुवा भएका छन् । महानिर्देशक भुसाल हाजिर भइसकेका छैनन् भने निर्देशक ढकाल बुधबार विभागमा हाजिर भएका हुन् । ढकाल यसअघि वैदेशिक रोजगार बोर्डको निर्देशकमा कार्यरत रहेका थिए । ढकाललाई विभाग पठाएपछि मन्त्रालयले ढकालको ठाउँमा गुरुदत्त सुवेदीलाई सरुवा गरेको छ ।

बिभागको नेतृत्वमा सेट परिवर्तन जस्तै नेपाल बैदेशिक रोजगार ब्यबसायी संघको नेतक्षत्वमा सेट परिवर्तन भैसकेको छ । 

विभाग र संघमा भएको कर्मचारी र ब्यबसायी न्तृत्वको सेट परिवर्तनसँगै मंगलबार र बुधबार अपराह्नसम्म सर्भर डाउन भएपछि वैदेशिक रोजगार व्यवसायीहरूमा घोचपेच सुरुवात भएको छ । संघको सबैजसो नेतृत्वले वैदेशिक रोजगार प्रशासनमा रहेका नीतिगत तथा व्यवहारिक अस्पष्टता हटाइने विषयलाई प्राथमिकतामा राख्ने बताउँदै आएका छन् ।

तर सेवाग्राहीको चाप र संख्याको तुलनामा कमजोर क्षमताको प्रणाली संचालन गरिएका कारणले वैदेशिक रोजगार व्यवसायी र वैदेशिक रोजगारमा जाने कामदारले पटक–पटक धोका पाएको गुनासो गर्ने गरेका छन् । विभागले भने प्रणालीमा निरन्तर अपडेट गर्नुपर्ने र कहिलेकाहीँ देखापर्ने समस्याको सकेसम्म छिटो समाधान गर्ने गरिएको बताउँदै आएको छ ।

ADV

सम्बन्धित खबर

Advertise