२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

प्रौढ पुस्ताकै नियन्त्रण

ADV
२०८१ असार २१ गते ०७:००
प्रौढ पुस्ताकै नियन्त्रण

पाँच दशकदेखि राष्ट्रिय राजनीतिको नेतृत्वमा रहेका माधवकुमार नेपाल नै नेकपा एकीकृत समाजवादीको अध्यक्ष चयन भएका छन् । प्रज्ञाभवन कमलादीमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनबाट माधव अध्यक्ष चयन भएका हुन् । अध्यक्ष मण्डलका अध्यक्षको हैसियतमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले माधव निर्विरोध अध्यक्ष चयन भएको घोषणा गरेका थिए । सम्मानित नेतामा आफै र महासचिवमा घनश्याम भूसाल निर्विरोध चयन भएको घोषणा खनालले गरेका थिए । उनको घोषणालाई महाधिवेशन हलले अनुमोदन गरेको छ । तीन जनाको पद टुंग्याएपछि बाँकी नेतृत्व भने सचिवालयले टुंग्याउनेगरी महाधिवेशन सकिएको छ । खनालले सचिवालयलाई बाँकी पदाधिकारी सहित केन्द्रीय कार्य समिति बनाउने म्याण्डेट दिन प्रस्ताव गरेका थिए । हलले ताली बजाएर उक्त प्रस्ताव पारित गरेको छ । 

महाधिवेशनबाट सर्वसहमत नेतृत्व टुंग्याएपछि एकीकृत समाजवादीका नेताहरुले एकताको सन्देश गएको टिप्पणी गरेका छन् । एमालेबाट भर्खरै फुटेर बनेको पार्टी भएकाले मत विभाजन नभएर निर्विरोध नेतृत्व चयन हुनुलाई सकारात्मक मान्नुपर्ने उनीहरुको मत छ । तर कतिपयले निर्विरोधको नाममा पुरानै नेतृत्वलाई निरन्तरता दिइएकाले नयाँ सन्देश दिने अवसरबाट पार्टी चुकेको टिप्पणी गरिरहेका छन् । पाँच दशकपछि पनि तिनै माधव र झलनाथ खनाललाई नेतृत्व मानेर जाँदा पार्टीप्रति आकर्षण नबढ्ने उनीहरुको मत छ । गत आमचुनावको सन्देश पनि युवा नेतृत्वको माग भएकाले पार्टीले नेतृत्व परिवर्तन गरेको भए नयाँ सन्देश जाने उनीहरुको तर्क छ । तर विद्रोहको नेतृत्व गरेका माधव नेपाललाई एकपटक अनुमोदन गर्नु न्यायिक दृष्टिले पनि उचित हुनेमा उनीहरुको वकालत नै थियो । 

तर एकीकृत समाजवादीको महाधिवेशनले राजनीतिक दलहरुको नेतृत्वमा अझै पुरानै पुस्ता हाबी रहेको सन्देश गएको छ । नेपाली कांग्रेसमा शेरबहादुर देउवा, नेकपा एमालेमा केपी शर्मा ओली र माओवादी केन्द्रमा पुष्पकमल दाहाल प्रचण्डको नेतृत्व चलिरहेकाले पनि एकीकृत समाजवादीमा माधव नेपाल हुनुपर्ने मनोविज्ञान बनेको पनि प्रष्ट हुन्छ । महाधिवेशनकै क्रममा पनि देउवा, ओली र प्रचण्डसँग सम्वाद गर्नकै निम्ति माधव अध्यक्ष हुनुपर्ने आवाज उठेको थियो । अझ माधव प्रधानमन्त्री नै बन्न सक्ने संभावना रहेकाले पनि उनकै नेतृत्वमा एकीकृत समाजवादी हुनुपर्ने मत छ । अर्थात् मुलुक अहिले पनि ७० वर्ष माथिका नेताहरुको कब्जामै छ । जसको पुष्टि एकीकृत समाजवादीको महाविधेशनबाट भएको मात्र हो । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise