२०८२ वैशाख ६ गते शनिवार / Apr 19 , 2025 , Saturday
२०८२ वैशाख ६ गते शनिवार
Ads

कार्यदलमा एकाघर सदस्य प्रतिबन्ध हटाउने सहमति

draupadi film
२०८२ वैशाख ५ गते ०६:२०
कार्यदलमा एकाघर सदस्य प्रतिबन्ध हटाउने सहमति

काठमाडौं : वैदेशिक रोजगार ऐन २०६४ संशोधन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सहसचिवको नेतृत्वमा गठित कार्यदलको पहिलो बैठक बिहीबार मन्त्रालयमा बसेको छ । बैठकमा मन्त्रालयले तयार पारेको ऐन संशोधनको मस्यौदामा छलफल भएको छ ।

पहिलो छलफलमा एकाघर परिवारले एउटा मात्र म्यानपावर सञ्चालन गर्ने वर्तमान व्यवस्था हटाउन सैद्धान्तिक सहमति जुटेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले जानकारी दिए । कार्यदलको अर्को बैठक ३ दिनपछि बस्ने छ ।

छलफलमा संघका तर्फबाट अध्यक्ष भुवनसिंह गुरुङ र महासचिव महेशकुमार बस्नेत सहभागी रहेका थिए । संघले ऐन संशोधनका लागि सुझाव संकलन गर्न शुक्रबार पूर्वअध्यक्षहरूको बैठक बोलाएको छ । संघले पूर्वअध्यक्ष तथा सबै घटक संस्थाहरूसँग छलफल गरेर सुझाव पठाउने अध्यक्ष गुरुङले बताए ।

मन्त्री भण्डारीले संसद्को आगामी अधिवेशनमा वैदेशिक रोजगार ऐन २०६४ संशोधन विधेयक टेबुल गराउने लक्ष्यअनुसार काम गरेकोे भन्दै विलम्ब नगरी सुझाव पठाउन आग्रह गरेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise