२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

कविता : माफ गर !

shivam cement
२०८२ वैशाख ६ गते ०६:००
Shares
कविता : माफ गर !

–लेखराज रेग्मी

भौतिकवादको भ्रमपूर्ण परिभाषा 
द्वन्द्ववादको मनोगत शिक्षा
र यसको संयोगको भ्रष्ट आकृति 
छलछामका निष्ठा नियमन 
यान्त्रिक एकको दुईमा विभाजन
मिसावटलाई एकता मान्ने भ्रम 
अपरिभाषित कपट–धन्दाको अनुशासन 
अहंकारबद्ध दाबीको नामकरण ‘प्राधिकार’
बन्ने भनेको एउटा फासिस्ट सत्ता हो 
दिमागमा होस् या राज्यमा 
यो जनवाद बन्दैन 
समाजवाद साम्यवाद त झन् बन्दैन. 
विकारहरू, ऐजेरूहरू, बाइप्रोडक्टहरू 
आफ्ना ‘निष्ठा नियम’मा जब
चलाउन खोज्छन्, देश दुनियाँ र संगठन
मुसोलिनी पैदा हुन्छ इतिहासमा 
हो हिटलर, सद्दामहरूको अवतरण हुन्छ 
जब उत्पादन गरिन्छन् जेलेन्स्किहरू 
तुलनामा राम्रा हुन्छन् नेबिनहरू
हिटलरहरू सद्दामहरू पूज्य बन्छन् 
सरापिन्छ स्टालिन घृणा गरिन्छ भगतसिंह 
याद गर्न थालिन्छ एउटा 
मिथकको ‘जंगबहादुर !’
यही समय चलिरहेको छ 
फलित ज्योतिषको ‘संकटा’ 
माफ गर म अलि ‘धृष्ट’ बन्न सकिरहेको छैन ।।

सम्बन्धित खबर