२०८२ वैशाख ६ गते शनिवार / Apr 19 , 2025 , Saturday
२०८२ वैशाख ६ गते शनिवार
Ads

मोड्यूलर किचन

draupadi film
२०८२ वैशाख ६ गते ०६:१०
मोड्यूलर किचन

–ओम बस्नेत

“औ भइया, तिमी जुन सुकै टोइलेटतिर नपस्नु ल । तिमीहरूको लागी उ परको पुरानो टोइलेट छ । पानी त्यहीँ छेउको ड्रममा छ । अलिक पानी पनि हाल्ने गर्नु है । तिमीहरू त महा गन्दे हुन्छौँ । बेसी आल्याङ्ग टल्याङ्ग नगरी काम गर्नु । दसैँअघि नै मलाई सबै काम सक्नु छ”, भनेर वासिङ मेसिनमा लुगाहरू हाल्नुमा व्यस्त हुन्छिन् सिला । टोलमा सबले उनलाई सिला आन्टी भनेर सम्बोधन गर्छन् । 

हैदरले “हवस् म्याडम माफ गर्नुस् गल्ती भयो । अबदेखि उतै गर्छु र केटाहरूलाई पनि भन्छु” भन्दै आफ्नो काममा लाग्छ । हैदर घर बनाउने ठेकेदार हो । उसले धेरै वटा घर बनाइसकेको छ । ४०÷५० जना जति उसका मिस्त्रीहरू छन्, भिन्दा भिन्दै साइटमा । तर, उसको बोली जहिले नरम । सबलाई सर म्याडम भन्छ । नमस्ते नगरी र नहाँसी बोल्दैन । जुनै साइटमा भए पनि ३ बजे नमाज अदा गर्छ अनि शुक्रवार मस्जिद जाने गर्छ ।

यसपालि दसैँमा मोड्यूलर किचन बनाएर सबैलाई चकित पार्ने सिला आन्टीको ठुलो इच्छा छ । त्यस इच्छालाई पूरा गर्न आफ्नो पतिको प्रोविडेन्ट फन्ड तोडफोड गराएकी हुन् । घर बनाउँदा बैंकको ऋणमा चुर्लुम्म डुबेको परिवार हो । किचन रुम साधारण थियो । काम चलेकै थियो । तर, सिला भने आफ्ना साथीहरूको अघि आफू के कम भन्ने अहम् बोकेर बसेकी थिइन् । त्यसैअनुरूप उनले आफ्नो किचनलाई अपग्रेड गर्ने इच्छा गरेकी हुन् ।

दसैँ तिहारमा रमाइलो भयो मोड्यूलर किचनको भरपुर प्रचार प्रसार भयो । रिल्स बन्यो, फेसबुकमा अपडेट आयो । सिलाले धेरै लाइक्स र बधाईको कमेन्टहरू हात पारेकी हुन् । 

केही दिनपछि हैदरले फोनमार्फत छोरीको बिहेमा एक दिन अघि आइदिने चुले निम्तो दियो । उनीहरू आफ्नो गाडी लिएर पुग्छन् । सिलगडीबाट ३ घण्टा लाग्दो रहेछ । उनीहरूलाई स्वागत गर्न चोकसम्म हैदर आफैँ मोटरसाइकल लिएर आएछ । उ अघि–अघि सिला दम्पत्ति पछि–पछि । हैदरको घर देखेर सिला झन्डै–झन्डै बेहोस भइन् । भित्र पसेपछि उसको घरको इन्टेरियर हेर्नु लायकको थियो । बिहे घर भएर सजाइएको त थियो नै । तर, पनि घरको बनावटी, बिजुलीको रङ्गीचङ्गी झुम्मर, मार्बल जडित फर्स देखेर सिलाको घाँटी सुक्ला जस्तो भयो र पानी पिएर मात्र अलिक नर्मल भइन् ।

हैदरले उसको जम्मै परिवारलाई बोलायो । उसको श्रीमती, ३ छोरा र २ बहिनी छोरीलाई पालैसँग परिचय गरायो । भोलि बिहे हुने जेठी छोरी स्नातक पढेकी रहिछ । 

“अन्त तपाईंको मिसेस चै के गर्नु हुन्छ ?” सिलाले हैदरलाई अचानक तपाईँ भनेर सम्बोधन गर्दा हैदर पनि छक्क पर्छ ।
“गाउँको पञ्चायत प्रधान हो तर, उसलाई नेपाली आउँदैन” भनेर जवाफ दिन्छ । सिला छक्क पर्दै “प्रधान ?” भनेर मुख आँ... पार्दै आफ्नो श्रीमान् पट्टि हेर्छिन् ।

चिया नास्तापछि हैदरले भन्छ “तपाईँहरू अहिले आराम गर्नुस् म रुम देखाई दिन्छु । खाना खाने टाइममा बोलाउँछु” भनेर छोरालाई ब्यागहरू गाडीबाट निकालेर रुममा पु¥याउने आदेश दिन्छ । अटैच्ड बाथ भएको कोठा, इंग्लिश कमोट, किंग साइज्ड बेड, बालकनी, इनबिल्ट वार्डरोब, रेसमी मछेडदानी, कमराको रंगसँग सुहाउने पर्दा । कुनै लक्जरी होटेलको डिलक्स रुम जस्तो । यो देखेर सिला हैरान हुँदै पतिलाई भन्छिन् “आम्मा मा मा ... यो भइयाले त हाम्रो पहाडबाट कति चाहिँ पैसा कमाएर ल्याएछ नि ?”

“हेर सिला, उनीहरू पहाडतिर सिर्फ पैसा कमाउन मात्र गएका हुन् । सानो भएर, नम्र भएर बोल्छन् । हाम्रो हेपाई र होच्याइको बदला हाम्रोबाट भरमग्दुर पैसा कमाएर ल्याउँछन् । हामी बाँकी गरेर भए पनि देखाउन चाहन्छौं, उनीहरू कमाएर पनि देखाउँदैन । मलाई यो सब पहिलैबाट थाहा थियो । उसको श्रीमतीले पञ्चायत चुनाव लड्नुभन्दा अघि मैले नै ठुलो काम दिलाएको थिएँ । उसको श्रीमतीको जीत हुँदा मलाई बोलाएको थियो । म आएकै हो पहिला पनि तर, यो कुरा मैले तिमीलाई बताएको थिइन । तिमीलाई देखाउन चाहेको थिएँ । जुन घर र तिम्रो मोड्यूलर किचनमा तिमी अहम् गर्छौ नि त्यो उसकोमा २/४ वर्ष अघिबाटै छ तर, मेरो घर यस्तो छ, उस्तो छ भनेर कहिले भन्दैन । २÷४ बिघा जमिन छ उसको तर कहिले बेच्ने कुरा गर्दैन । हाम्रोतिर दुःख गर्नु आउँछ तर, आफ्नो जमिन र अस्तित्वमा आँच आउन दिँदैन । बाँकी कुरा आफै बुज्नु, अहिले उसको मोड्यूलर किचन हेरेर ।”

सिला दङ्ग पर्दै, “उसकोमा पनि मोड्यूलर किचन छ र...?”

ADV

सम्बन्धित खबर

Advertise