२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

खातामा प्यान नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

Nada
२०८१ असार २१ गते १२:१२
Shares
खातामा प्यान नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

काठमाडौं : एनआईसी एशिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा (प्यान) नम्बर अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकाले बैंकको पोर्टल या मोबाइल बैंकिङमार्फत आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न बैंकले आग्रह गरेको हो ।

ncell

आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने बैंकले जनाएको छ । यसअघि बैंकलाई प्यान उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।

हाल बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवम् ५१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कूल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन सफल भएको बैंकले उल्लेख गरेको छ ।

बैंकले स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कूल २३ अर्ब ७ करोड रुपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरेको छ भने गत आर्थिक वर्षमा ३ अर्ब ६१ करोड रुपैयाँभन्दा बढी राजस्व सरकारलाई बुझाएको छ ।

बैंकले वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । यस्तै देशको कूल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना शहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर