२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

नेपालमा लगानीको सम्भावना प्रशस्त : अध्यक्ष ढकाल

shivam cement
२०८२ वैशाख ७ गते ०६:५६
Shares
नेपालमा लगानीको सम्भावना प्रशस्त : अध्यक्ष ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको सम्भावना प्रशस्त भएको बताएका छन् ।
अध्यक्ष ढकालले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आह्वान पनि गरे ।

शुक्रबार साँझ कतारको राजधानी दोहामा बागलुङ सेवा समाज कतारको संरक्षकत्वमा बुहउद्देश्यीय अक्षयकोष स्थापनाका लागि आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा केही पनि छैन, केही भएन भन्ने जस्ता गलत भाष्य निर्माण गरिएको बताए ।

अध्यक्ष ढकालले भने, ‘नेपालमा सम्भावना नै छैन भन्ने गलत र नकारात्मक भाष्य बनाउन खोजिएको छ । विदेशमा बसेर यहाँको विकास र प्रविधिसँग तुलना गर्दै नेपालको विरोध पनि गरिएको पाइन्छ । नेपालमा पनि विदेशमा जस्तै मेहनत गर्ने हो भने धेरै काम गर्न सकिन्छ ।’ 

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लगानीको अवसर प्रदान गर्ने गरी १० अर्ब पुँजीको नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको जानकारी गराउँदै ढकालले त्यस कम्पनीमार्फत् लगानी गर्न वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आग्रह गरे । उक्त कम्पनीले मुलुकभित्र तथा बाहिर रहेका नेपालीहरूको छरिएर रहेका पुँजी संकलन गरी जलविद्युत्, पर्यटन, उद्योग तथा विभिन्न सम्भावना भएका क्षेत्रहरूमा लगानी गर्न गइरहेको उनले बताउँदै उक्त कम्पनीमा सहभागी भइ लगानी गर्न अनुरोध गरे  । 

अध्यक्ष ढकालले बागलुङबाट कतारमा आएका बागलुङवासीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काम गर्न अक्षयकोष स्थापना गरेकोमा धन्यवाद व्यक्त गर्दै त्यस कोषमा १५ लाख सहयोग गर्ने घोषणा गरे । 
 

ताजा खबर

सम्बन्धित खबर