काठमाडौं : नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले काठमाडौं महानगरपालिका वडा नं ११ बबरमहलस्थित विवेक स्वच्छ सेवा केन्द्र नामक बालगृहलाई ५ लाख रुपैयाँ बराबरको शैक्षिक सामाग्री लगायत सहयोग हस्तान्तरण गरेको छ ।
शनिबार उक्त केन्द्रमा एक कार्यक्रम आयोजना गरी एसोसिएसनका अध्यक्ष दीपक थापा, कार्यवाहक महासचिव तुलसी पुरी लगायतले केन्द्रमा आश्रित बालबलिकाका लागि विद्यालयको ड्रेस तथा शैक्षिक सामाग्री लगायतको सहयोग हस्तान्तरण गरेको हो ।
केन्द्रलाई हस्तान्तरण गरिएको सहयोग मध्ये अध्यक्ष थापाले व्यक्तिगत रूपमा १ लाख ५० हजार, कार्यवाहक महासचिव पुरीले ५१ हजार र एसोसिएसन कार्यसमिति सदस्य सविता सिहले १५ हजार रूपैयाँ योगदान गरेका छन् ।
एसोसिएसनको सहयोग प्रति धन्यवाद दिँदै संस्थाकी अध्यक्ष रेबिका सहनीले अप्ठ्यारो परिस्थितिमा प्राप्त सहयोगले विपन्न तथा अविभावकबिहीन बालबालिको शिक्षादिक्षाका लागि हौसला बढ्ने भन्दै एसोसिएसनको सहयोगले संस्थालाई थप ऊर्जा प्रदान गरेको बताइन् । उनले भविष्यका दिनमा पनि सहयोग गर्न आग्रह गरिन् ।
एसोसिएसन कार्यबाहक महासचिव पुरीले क्षमता र सामथ्र्यले भ्याएसम्म एसोसिएसनले सामाजिक सेवाका कामहरूलाई निरन्तरता दिने योजना रहेकोे बताए । सहयोग हस्तान्तरण कार्यक्रममा एसोसिएसनका वरिष्ठ उपाध्यक्ष विनोदजंग केसी, उपाध्यक्ष रामप्रसाद गैरे, सदस्य सविता सिह र रोशना निरौला लगायतको उपस्थिति थियो ।