२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

स्याङ्जाको वालिङमा सिटिजन्स बैंकको नयाँ शाखा

ADV
मध्यान्ह
२०८१ असार २१ गते १२:२७
स्याङ्जाको वालिङमा सिटिजन्स बैंकको नयाँ शाखा

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९४औं शाखा स्याङ्जाको वालिङमा सञ्चालनमा ल्याएको छ । यससँगै गण्डकी प्रदेशमा सञ्चालनमा रहेका सिटिजन्स बैंकका शाखाहरु १५ पुगेका छन् ।

वालिङमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले नयाँ शाखाको शुभारम्भ गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्राहकहरूलाई उत्कृष्ट सेवा सुविधा पुर्‍याउने क्रममा स्याङ्जा जिल्लामा पहिलोपटक सेवाको शुरुवात गरिएको बताए ।उनले बैंकले स्याङ्जावासीहरुबाट भरपुर साथ र सहयोग पाउने आशा राखेको बताउँदै बैंकले पनि सेवामा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाए ।

शाखाको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो । सुविधा सम्पन्न यो शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरेट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्‍याउने बैंकको लक्ष्य रहेको छ ।

नयाँ शाखा सञ्चालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पाोरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङजस्ता सेवाहरु पहिलो वर्ष नि:शुल्क प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यस्तै डि-म्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षका लागि छुटको व्यवस्था तथा लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५ प्रतिशत र पहिलो वर्ष लकर शुल्कमा ५० प्रतिशत छुट उपलब्ध रहेको बैंकले बताएको छ । 

सिटिजन्स बैंकले देशैभर फैलिएका आफ्ना १९४ वटा शाखा, १५७ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ इकाइबाट १७ लाख ६० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise