२०८२ वैशाख ९ गते मङ्गलवार / Apr 22 , 2025 , Tuesday
२०८२ वैशाख ९ गते मङ्गलवार
Ads

महँगियो सुन : १ वर्षमै प्रतितोला ८० हजार बढ्यो

draupadi film
छबि सापकोटा
२०८२ वैशाख ९ गते ०६:२५
महँगियो सुन : १ वर्षमै प्रतितोला ८० हजार बढ्यो

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाइरहेको छ । आन्तरिक र बाह्य बजारमै सुनको मूल्यले नयाँ कीर्तिमान बनाएर हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । १ वर्षअघि मात्र सुनको कारोबार हेर्ने हो भने ह्वात्तै बढेको छ । 

सुनको मूल्य पछिल्लो १ वर्षमै प्रतितोला ८० हजार रुपैयाँले बृद्धि भएको छ । सुनचाँदी व्यवसायी संघका अनुसार ८ वैशाख २०८० मा प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भएको सुन ठिक वर्षपछि ८ वैशाख २०८१ मा प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको हो । 

आइतबार सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सय रहेको सुनको भाउ सोमबार १२ सय रुपैयाँले बढेर तोलामा १ लाख ९१ हजार रुपैयाँमा कारोबार भयो । जुन हालसम्मकै मंहगो हो । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्य देशहरूको सामानमा ट्यारिफ लगाउने घोषणा गरेसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ । ट्रम्पको कर नीति, अमेरिका र र चीन बीचको व्यापार प्रतिस्पर्धा, रुस–युक्रेनबीचको द्वन्द्वकै कारणले आन्तरिक र बाह्य बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाइरहेको छ । 

विषेशगरी ट्रम्पको ट्यारिफमा बढ्दा लगानीकर्ता सुनतर्फ आकर्षित हुँदा यसको मूल्य बढिरहेको छ । निरन्तर बढिरहेको सुनको मूल्य प्रतितोला २ लाख नै पुग्ने सक्ने अनुमान सुनचाँदी व्यवसायीहरूले गरेका छन् । 

१५ प्रतिशत भन्सार शुल्क रहेको सुनलाई चालु आर्थिक वर्षको बजेटबाट भन्सार दर ५ प्रतिशत बढाएर २० प्रतिशत बनाइएपनि पछि सकारले घटाएको थियो । नेपालमा समेत बैंकको व्याजदर कम हुँदा लगानीकर्ता सुनमा लगानी गर्न थालेका छन् । सरकारले सुनको भन्सार बढाएसँगै सुनको अवैध कारोबार बढ्दा बजारमा तस्करीको सुन भित्रिँदै छ । 

तर भन्सारबाट आउने सुन घटेपछि भन्सार दर घटाए पनि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा त्यसको असर नेपालमा देखिएको हो । सुनको मूल्य निरन्तर बढेपछि बजारमा सुनको कारोबारमा कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइली बताउँछन् । 

नेपालमा विवाहको मुख्य समयमा सुन महँगो हुँदा ग्राहक र व्यवसायी दुवैलाई मार परेको अध्यक्ष रसाइलीले बताए । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रति औंस ३ हजार ३१५ अमेरिकी डलरमा कारोबार भएको हो ।

ADV

सम्बन्धित खबर

Advertise