२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

ADV
मध्यान्ह
२०८१ असार २१ गते १४:५०
राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

काठमाडौं : राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । 

शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजना विधेयक २०८१ (आगामी आर्थिक वर्षको बजेट) पारित गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

सभामा अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८१ पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरे । 

अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि संघीय संसदको संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए । जसलाई प्रतिनिधि सभाले असार ११ गते पारित गरेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise