२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

गौरमा ट्युसन पढ्न आएका विद्यार्थीबीच छुरा हानाहान, एक जना गम्भीर घाइते

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ असार २१ गते १९:५७
गौरमा ट्युसन पढ्न आएका विद्यार्थीबीच छुरा हानाहान, एक जना गम्भीर घाइते

रौतहट : रौतहट सदरमुकाम गौरमा ट्युसन पढ्न आएका विद्यार्थी समूहबीच छुरा हानाहान भएको छ । गौर नगरपालिका चोकस्थित शिक्षक सन्तोष यादवले ट्युसन पढाइ रहेको ठाउँमा विद्यार्थीबीच छुरा हानहान भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । छुरा हानाहान हुँदा गौर ४ टिकुलियाका सुरज यादव, वडा नं.३ का अभिनाश यादव र अन्य एक जना विद्यार्थी घाइते भएका छन् । 

घाइतेमध्ये सुरजको घाँटी नजिक कुममा गहिरो चोट लागेको छ । उनलाई थप उपचारका लागि वीरगन्ज पठाइएको छ । अन्य दुई जनाको भने प्रादेशिक अस्पताल गौरमा उपचार भइ रहेको छ । 

प्रहरीले घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ । घटनामा संलग्न इशनाथ नगरपालिका ९ का २० वर्षीय सञ्जीव गुप्ता, २१ वर्षीय प्रदीप साह र परोहा नगरपालिका ९ का १८ वर्षीय शिवम कुमार सहनीलाई पक्राउ गरेको हो । 

चार जनालाई पक्राउ गरे पनि एक जनाको संलग्नता नदेखिएपछि तीन जना उपर ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यता सुरजका बुबा बिनोद यादवले छोरामाथि कुटपिट गर्ने युवाहरुलाई हदैसम्मको कानूनी कारबाही गर्न माग गरेका छन् । 

ADVADV

सम्बन्धित खबर

Advertise