२०८२ चैत ५ गते बिहिवार / Mar 19 , 2026 , Thursday
२०८२ चैत ५ गते बिहिवार
Ads

छिपहरमाई गाउँपालिकाको बजेट ३७ करोड १७ लाख

shivam cement
लालबाबु बानिया
२०८१ असार २१ गते २१:०५
Shares
छिपहरमाई गाउँपालिकाको बजेट ३७ करोड १७ लाख

पर्सा : पर्साको छिपहरमाई गाउँपालिकाको १९ औं गाउँसभा  सम्पन्न भएको छ ।  कार्यक्रमलाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले पानसमा दिप बालेर उद्घाटन गरेका थिए । 

गाउँसभामा आर्थिक वर्ष २०८१/०८२ को ३७ करोड १७ लाख ५२ हजार ५ सय रुपैयाँ बराबर बजेट प्रस्तुत भएको थियो । गाउँसभामा गाउँपालिकाको पाँच वटै वडाको योजना पारित गरी प्रस्तुत गरिएको थियो । 

बजेटमा नेत्रदान पालिका अनुदान अन्तर्गत पालिकाका गरिब असहाय, दलितहरुलाई निःशुल्क आँखाको शल्यक्रिया तथा उपचार गराउने योजना राखिएको छ । 

यस्तै महिलाहरुको पाठेघरको शल्यक्रिया खर्चप्रति बिमारी १५ हजारको दरले उपचार खर्च दिने, गाउँपालिकामा सञ्चालनमा रहेको पल्स टु का छात्र, छात्राहरुलाई ड्रेस भत्ता बापत रकम अनुदान दिने, गाउँपालिकाका एमबीबीएसमा नाम निकाल्ने  विद्यार्थीहरुलाई अनुदान स्वरुप एक लाखदेखि दुई लाखसम्म सहयोग योजना रहेको गाउँपालिकाका अध्यक्ष गुप्ताले  बताए ।   

साथै शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, विपद व्यवस्थापन, युवा रोजगार, भौतिक पूर्वाधार, पर्यटन प्रवर्द्धन, उज्यालो छिपहरमाई लगायतमा जोड दिएको गाउँपालिका अध्यक्ष गुप्ताले बताएका छन् । 

अध्यक्ष गुप्ताले छिपहरमाई गाउँपालिकामा भौतिक विकास निर्माणको साथै नयाँ योजनाहरु ल्याएको बताए । 

विकासमा स्थानीय जनसमुदाय, जनप्रतिनिधि र कर्मचारीहरुको सहयोगका कारण विकासले गति लिएकोमा अध्यक्ष गुप्ताले सबैलाई धन्यवाद समेत दिएका छन् । 

यस्तै सबै जनाले सहयोग गर्दै गएमा देशको नमुना गाउँपालिका पहिला पनि रहेको र अहिले पनि रहने अध्यक्ष गुप्ताको भनाइ छ । 

गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताको अध्यक्षतामा भएको गाउँ सभामा  गाउँपालिका उपाध्यक्ष लिलावती देवी कानु, प्रमुख प्रशासकीय अधिकृत  शनि साह कानु, समाजसेवी किशोरी साह कानु, वडाअध्यक्ष कामेशवर यादव, महेन्द्र साह कलवार, दिपेन्द्र कुमार सिंह रामेश्वर प्रसाद महतो, मौजिलाल साह कानु, कार्यपालिका सदस्य  बलिस्टर साह, नरेश साह कलवार लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन मेघराज साह रौनियारले गरेका थिए । 

सम्बन्धित खबर