२०८२ वैशाख ११ गते बिहिवार / Apr 24 , 2025 , Thursday
२०८२ वैशाख ११ गते बिहिवार
Ads

एसोसिएसनद्वारा ६ सल्लाहकार नियुक्त

draupadi film
२०८२ वैशाख ११ गते ०६:१५
एसोसिएसनद्वारा ६ सल्लाहकार नियुक्त

काठमाडौं : नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले ६ जना वैदेशिक रोजगार व्यवसायीलाई सल्लाहकार चयन गरेको छ ।

एसोसिएसनका अध्यक्ष दीपक थापाको अध्यक्षतामा बुधबार बसेको बैठकले ६ जना व्यवसायीलाई सल्लाहकार चयन गरेको हो ।

एसोसिएसनले पुराना व्यवसायी दानबहादुर बुढाथोकी, अम्बिका शर्मा, ख्याम नारायण पौडेल, दिलबहादुर धिताल, श्यामप्रसाद श्रेष्ठ र त्रिलोकचन्द विश्वासलाई एसोसिएसनको विधानको दफा १३ (१) बमोजिम सल्लाहकार चयन गरेकोे बताएको छ ।

उनीहरूलाई नेपाली कांग्रेसको मूल्य मान्यतामा अडिग रही एसोसिएसनलाई गरेको योगदानका आधारमा सल्लाहकार चयन गरिएको एसोसिएसनका कार्यवाहक महासचिव तुलसी पुरीले जानकारी दिए ।

उनले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको हालै सम्पन्न निर्वाचनमा एसोसिएसनबाट सिफारिस गरिएका आधिकारिक उम्मेदवारहरूलाई जिताउन सबै प्रकारले गरेको योगदानको पनि उच्च मूल्यांकन गरिएको जानकारी दिए ।

ADV

सम्बन्धित खबर

Advertise