२०८२ वैशाख १३ गते शनिवार / Apr 26 , 2025 , Saturday
२०८२ वैशाख १३ गते शनिवार
Ads

मापदण्डअनुसार मेडिकल बनाउन करोड लगानी थप्नुपर्ने

२०८२ वैशाख १२ गते ०६:१०
मापदण्डअनुसार मेडिकल बनाउन करोड लगानी थप्नुपर्ने

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तोकेको मापदण्डअनुसार उपकरणहरू थप गर्न व्यवसायीलाई लगभग १ करोड लगानी थप गर्नुपर्ने भएको छ । श्रम मन्त्रालयले गत चैत १५ गते वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क ६ हजार ५०० रुपैयाँबाट बढाएर ९ हजार ५०० रूपैयाँ गराई २ महिनाभित्र उपकरणहरू थप गरेर स्वास्थ्य परीक्षणलाई गुणस्तरीय बनाउन निर्देशन दिएको थियो ।

मन्त्रालयले स्वास्थ्य परीक्षण गुणस्तरीय बनाई त्यसको प्रामाणिकताका लागि डिजिटाइजेशन गर्ने बताएको छ । त्यसका लागि मन्त्रालयले १ महिनाभित्र प्रतिवेदन दिन विज्ञ समिति गठन गर्ने बताएको छ ।

नेपाल मेडिकल संघ स्रोतका अनुसार ९ र १२ लाख रुपैयाँ पर्ने सीई र युएसएफडीए एप्रुभ युएसजी कलर डोप्लर, १२ लाख रुपैयाँ पर्ने जापानी एचपीएलसी, ५ लाख रुपैयाँ पर्ने ईईजी मेसिन, १ लाख ३५ हजार रुपैयाँ पर्ने स्पेरो मिटर, १७ लाख रुपैयाँ पर्ने सीएलआईए मेसिन, २ लाख रुपैयाँ पर्ने ५ च्यानलको एनालाइजर, ११ लाख रुपैयाँ पर्ने पूर्णरूपमा स्वचालित बायोकेमिष्ट्र एनालाइजर, वायरलेससहित ५०० एलएफ एक्सरे मेसिनसहितका उपकरण जडान गर्नुपर्ने भएको छ ।

मन्त्रालयले २ महिनाभित्र वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि २०७२ को छैटौं संशोधन अनुसारको पूर्वाधार तयार नगर्ने स्वास्थ्य संस्था खारेज गरिने बताएको छ ।

स्वास्थ्य परीक्षण गर्ने संस्थाहरूले तोकिएको मापदण्डअनुसार उपकरण जडान गर्न चर्काे  ब्याजमा ऋण लिनुपरेको बताएका छन् ।

ट्रेड युनियनहरूले स्वास्थ्य परीक्षण गर्ने संस्थाहरूले स्वास्थ्य परीक्षणलाई प्रमाणिक र वैज्ञानिक बनाउनुपर्नेमा जोड दिएपनि वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि आर्थिक भार थपेको भन्दै पुरानै शुल्कमा स्वास्थ्य परीक्षण गरिनुपर्ने माग गरेका छन् । यसअघि यस्तै लगानी अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूले गरेका थिए ।

ADV

सम्बन्धित खबर