२०८२ वैशाख १२ गते शुक्रवार / Apr 25 , 2025 , Friday
२०८२ वैशाख १२ गते शुक्रवार
Ads

दाङमा लागुऔषधसहित पक्राउ पर्नेको रोल्पालीको संख्या बढ्दो

सुर्य प्रकाश बुढा मगर
२०८२ वैशाख ११ गते २२:३४
दाङमा लागुऔषधसहित पक्राउ पर्नेको रोल्पालीको संख्या बढ्दो

रोल्पा : दाङमा लागुऔषधसहित पक्राउ पर्ने रोल्पालीको संख्या बढ्दै गएको छ । 

पछिल्लो केही समय यता लागुऔषधसहित दाङमा पक्राउ पर्ने संख्या बढेको देखिएको हो । दाङमा लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका थिए । 

पक्राउ पर्नेमा परिवर्तन गाउँपालिका–६ रोल्पाका ३० वर्षीय विरेन्द्र बुढा मगर रहेका थिए । दाङको घोराही उपमहानगरपालिका –१३ बर्माचोकबाट बुढालाई पक्राउ गरिएको हो । 

पक्राउ परेका बुढा लागुऔषधसहित पैदल हिँडिरहेका बेला पक्राउ परेका थिए । शंकास्पद अवस्थामा शरीर खानतलासी गर्दा उनको साथबाट लागुऔषध फेला परेको थियो । बुढाको साथबाट पाँच वटा पुडिडयासहित ३ ग्राम ४२० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरिएको थियो । 

त्यसको केही महिनापछि बाँकेको नेपाल भारत सिमा क्षेत्र जमुनाहा नाकाबाट लागुऔषधसहित २ जना पक्राउ परेका थिए । १४ चैतमा पक्राउ पर्नेमा रोल्पा परिवर्तन गाउँपालिका ३ बस्ने वर्ष ३१ का भुपेन्द्र बुढा मगर र माडी गाउँपालिका ३ बस्ने वर्ष ३० को सम्झना घर्ती मगर रहेकी थिइन् । 

नेपालगन्ज १५ जमुनाह प्रहरी पोष्टस्थित भारतबाट नेपालतर्फ आउँदै गरेका दुबै जनालाई चेकजाँच गर्दा ५० ग्राम ब्राउनसुगर फेलापारी ईलाका प्रहरी कार्यालय जमुनाह र लागुऔषध नियन्त्रण ब्यूरो दाङबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको थियोे ।

केही महिना नबित्दै फेरि दाङमा लागुऔषधसहित रोल्पाका चार जना पक्राउ परेका छन् । प्रहरीले घोराही उपमहानगरपालिका–१९ दुईखोलीबाट लागुऔषधसहित चार जनालाई पक्राउ गरेको हो । यहि वैशाख ४ गते  पक्राउ पर्नेमा रोल्पा नगरपालिका–८ का २६ वर्षीय रविन घर्ती मगर, २५ वर्षीय विकास केसी, रोल्पा नगरपालिका–२ का २७ वर्षीय समिप रोका मगर, २५ वर्षीय रिमन पुन मगर रहेका छन् । 

घोराहीबाट रोल्पातर्फ जाँदै गरेका दुई सवारी साधनलाई चेकजाँच गर्ने क्रममा उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी निरीक्षक सोम घर्तीमगरले जानकारी दिए । 

प्रहरी चौकी दुईखोलीबाट खटिएको टोलीले रा ४ प ४३५३ नम्बरको मोटरसाइकल र लु.प्र.०२–००१ प १३७६ नम्बरको स्कुटरलाई रोकेर चेकजाँच गर्दा ब्राउनसुगर जस्तो देखिने लागुऔषध फेला परेको थियो । उनीहरूको साथबाट प्लास्टिकसहित ५ ग्राम १० मिलिग्राम लागुऔषध र प्लास्टिक हटाएर ४ ग्राम ६२० मिलिग्राम शुद्ध ब्राउनसुगर बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । 

गाउँका सिधासाधा व्यक्तिलाई आर्थिक प्रलोभन देखाए प्रयोग गरेको देखिएको प्रहरीले जनाएको छ । यस्तै लागुऔषध प्रयोग गर्ने साथीहरुको संगतले गर्दा पनि फस्ने संख्या बढेको एक प्रहरी अधिकृतले जानकारी दिए । यस्तै रुकुम रोल्पामा १० वर्षे जनयुद्ध द्वन्द्व चलेको र द्वन्द्वमा आफ्ना आमा,बुबा र अन्य सदस्य गुमाएको व्यक्तिहरु समेत रहेका प्रहरीले जनाएको छ । 

यतिमात्र नभइ पछिल्लो समय सम्बन्ध विच्छेद भएका जस्ता र आर्थिक रूपमा कमजोर भएका व्यक्तिहरु आर्थिक प्रलोभनका लागि लागुऔषध ओसार–पसार कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर