काठमाडौं : मलेसियाकाे रोजगारी म्यानफ्याक्चरिङबाहेक खुला भएको छ । मलेसियास्थित नेपाली दूतावासले शुक्रबार एक सूचना जारी गर्दै मागपत्र खुला भएको जानकारी दिएको हो ।
दूतावासले सेवा क्षेत्रतर्फ होलसेल एन्ड रिटेल, सेक्युरिटी गार्ड, ल्यान्ड वेयरहाउजिङ, गोल्डस्मिथ्स, टेक्सटाइल, टुरिजम, कृषि क्षेत्रतर्फ फिसेरिज र लाइभस्टक तथा प्लान्टेसन र कन्स्ट्रक्सन क्षेत्रको मागपत्र खुला भएको जानकारी दिएको छ ।
नेपाली दूततावासका काउन्सिलर श्रम कृष्णप्रसाद भुसालले मध्यान्हसँगकाे कुराकानीमा खुला भएका क्षेत्रकाे मागपत्र प्रमाणीकरणका लागि दूतावासलाई फाइल प्राप्त भइरहेकाे जानकारी दिए ।
पूर्णरूपमा कार्यान्वयन नभएपनि यसअघिकाे श्रम सम्झाैताले नेपालबाट नयाँ कामदार शून्य लागतमा जान पाउनेछन् । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण र अन्य प्रक्रियाको सबै लागत कामदारको पहिलो महिनाको तलब दिने समयमा फिर्ताको व्यवस्था पनि सम्झौतामा छ ।
मलेसियामा गत फ्रेब्रुअरीदेखि मासिक न्यूनतम तलब १७ सय रिंगेट करिब ५३ हजार नेपाली रुपैयाँ कायम भएको छ । मलेसियाकाे राेजगारी सहज हुँदा खाडी मुलुकमा जाने कामदारको रूचिमा परिवर्तन हुनसक्ने कतिपयले आँकलन गरेका छन् ।