२०८२ वैशाख १४ गते आइतवार / Apr 27 , 2025 , Sunday
२०८२ वैशाख १४ गते आइतवार
Ads

गजल

२०८२ वैशाख १३ गते ०६:०५
गजल

-कुशलनाथ योगी

रंगीन हुने छ एक दिन, सादा हुँदैन हरदम
रङबाट जिन्दगानी, टाढा हुँदैन हरदम 

लुट्ने रहर छ के–के, आजै लुटेर जाऊ 
हेक्का रहोस् अधीनमा, सत्ता हुँदैन हरदम

बानी बसाल मेरा, आँखाहरू नियाल्ने
सुन्दर मुहार हेर्ने, ऐना हुँदैन हरदम

तिम्रो बनेको सपना, हररात देख्छु मैले
विपना हुने छ सपना, सपना हुँदैन हरदम

टेकिन्छ फूलमाथि, नांगा पयरहरूले 
कुल्चेर हिँड्नुपर्ने, काँडा हुँदैन हरदम ।

ADV

ताजा खबर

सम्बन्धित खबर