२०८२ कार्तिक १८ गते मङ्गलवार / Nov 04 , 2025 , Tuesday
२०८२ कार्तिक १८ गते मङ्गलवार
Ads

मलेसिया रोजगारीमा सिण्डिकेटको प्रतिवाद गर्न आग्रह

shivam cement
२०८२ वैशाख १४ गते ०८:३६
Shares
मलेसिया रोजगारीमा सिण्डिकेटको प्रतिवाद गर्न आग्रह

काठमाडौं : प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालले मलेसियाको रोजगारीमा कामदार भर्नाका सन्दर्भमा देखिने सबै सिण्डिकेट गतिविधिहरूको प्रतिवाद गर्ने २५ वटा वैदेशिक रोजगार व्यवसायीहरूलाई मात्र अनुमति दिइने गरि नियोजित रूपमा सिण्डिकेटको पक्षमा प्रक्रिया बनाइएको भन्दै त्यस्तो सिण्डिकेटमा सहभागी नहुन सबैलाई आह्वान गरेको छ ।

मलेसियाको वैदेशिक रोजगारी क्षेत्रमा पुनः सुरुवात भएको अवस्थामा नेपालबाट मलेसिया कामदार पठाउन केवल २५ वटा वैदेशिक रोजगार व्यवसायीहरूलाई मात्र अनुमति दिइने गरी नियोजित रूपमा सिण्डिकेटको पक्षमा प्रक्रिया बनाइएको भन्दै मञ्चका अध्यक्ष जनक रावलले शनिबार विज्ञप्ति जारी गर्दै सिण्डिकेटको विरोध गरेका हुन् ।

लामो समयपछि पुनः सञ्चालनमा आउन लागेको मलेसियाको रोजगारीमा केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समूहहरूले आप्रावासी कामदारहरूको भर्ना प्रक्रियालाई एकाधिकार गर्ने तयारी गरेको सूचना प्राप्त भएको र नेपालबाट मलेसिया कामदार पठाउन केवल २५ वटा वैदेशिक रोजगार व्यवसायीहरूलाई मात्र अनुमति दिइने गरि नियोजित रूपमा सिण्डिकेटको पक्षमा बनाइएको प्रक्रिया भएको दाबी मञ्चले गरेको छ ।

वैदेशिक रोजगार क्षेत्रमा अवैध रूपमा हाबी भई कारोबारलाई प्रभाव पार्ने यस्ता सिण्डिकेटहरू नेपालको संविधान तथा अन्तर्राष्ट्रिय श्रम कानुनअनुसार पूर्णरूपमा प्रतिबन्धित रहेको भन्दै मञ्चले यस्ता अनैतिक अभ्यासहरूले रोजगार प्रक्रियालाई पारदर्शी र विश्वसनीय बनाउने प्रयासमा गम्भीर खतरा पुर्‍याउने बताएको छ ।

केही समूहहरूले मलेसिया तथा नेपाल दुबै देशका निकायहरूमाथि आफ्नो प्रभाव छ भन्ने झुटा दाबी गर्दै नेपाली वैदेशिक रोजगार व्यवसायीहरूलाई झुक्याउने प्रयास गरेको भन्दै मञ्चले ती समूहहरूले विशेष ‘सूचीबद्ध’ कम्पनीमार्फत् मात्र कामदार पठाउन पाइने भनेर भ्रम फैलाउँदै ती एजेन्सीहरू सिण्डिकेटको हिस्सा हुन् भन्ने प्रचार गरिरहेकोले पनि सचेत हुन व्यवसायीहरूलाई आग्रह गरेको छ ।

तथाकथित सिण्डिकेटहरूले ठूलो रकम असुली गरेर केही एजेन्सीहरूलाई मात्र कामदार पठाउने अधिकार दिने आश्वासन दिइरहेको भन्दै मञ्चले त्यस्ता कार्य पूर्णरूपमा गैरकानुनी र स्वस्थ्य प्रतिस्पर्धालाई समाप्त पार्ने खेलअन्तर्गत भएको पनि जनाएको छ ।

ADV

सम्बन्धित खबर