२०८३ असोज २३ गते शुक्रवार / Oct 09 , 2026 , Friday
२०८३ असोज २३ गते शुक्रवार

समय सापेक्ष ऐन संशोधन हुने छ : श्रममन्त्री भण्डारी

Nada
२०८२ वैशाख १६ गते ०६:१५
Shares
समय सापेक्ष ऐन संशोधन हुने छ : श्रममन्त्री भण्डारी

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आवश्यकताका आधारमा ऐन, कानुन समय सापेक्ष परिवर्तन हुने बताएका छन् । 

ncell

काठमाडौंमा सोमबार अखिल नेपाल ट्रेड युनियनद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले कुनै पनि ऐन, कानुन सेवा प्रदानमा सहजता र सहुलियका लागि आउने भन्दै ऐन समय सापेक्ष हुनुपर्ने बताए । 

अहिले वैदेशिक रोजगार ऐन तथा श्रम ऐन संशोधन प्रक्रियामा अगाडि बढेको जानकारी दिँदै उनले सरोकारवालाहरूको सहमतिमा बनेका ऐन, कानुनहरू सबैले निःशर्त रूपमा पालना गर्नुपर्नेमा जोड दिए । 

श्रम ऐनमा रहेका अव्यावहारिक प्रावधान संशोधनका लागि  सुझाव दिन आग्रह गर्दै मन्त्री भण्डारीले ट्रेड युनियनहरू कानुन कार्यान्वयनका लागि तयार हुनुपर्ने बताए ।  

मन्त्री भण्डारीले कुनै पनि नेपाली कामदारले देशबाहिर कहीँ कतै दुःख पाए त्यसका लागि सरकार जिम्मेवार हुने भन्दै देशबाहिर श्रम स्वीकृतिबिना काम गर्ने वातावरणको अन्त्य गरी उनीहरूलाई श्रम स्वीकृति लिने वातावरण बनाउन सबै सरोकारवालाहरू मिलेर काम गर्नुपर्ने उल्लेख गरे ।

सम्बन्धित खबर