२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

रौतहट चक्कु प्रहार घटना : तीन जना पक्राउ

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ असार २२ गते २१:४५
रौतहट चक्कु प्रहार घटना : तीन जना पक्राउ

रौतहट : रौतहट सदरमुकाम गौरमा चक्कु प्रहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईशनाथ नगरपालिका वडा नं. ९ का संजिव गुप्ता र प्रदिप साह र परोहा नगरपालिका वडा नं. ९ का शिवम कुमार सहनी रहेका छन् ।

चार जनालाई पक्राउ गरे पनि एक जनाको संलग्नता नदेखिएपछि तीन जना उपर ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

उनीहरुले बिहीबार राति गौर नगरपालिका वडा नं. ३ गौर सडकमा रौतहट गौर नगरपालिका वडा नं. ३ बस्ने वर्ष १६ को सुरज प्रसाद यादवसहित तीन जनामाथि चक्कु प्रहार गरी घाइते बनाएका थिए ।

केही दिन पहिला विद्यालय पढ्न जाँदा एकले अर्कालाई आँखा हेरेको निहुँमा चक्क प्रहार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । उनीहरुलाई बसेको घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये सुरजको घाँटी नजिक कुममा गहिरो चोट लागेको छ । उनको वीरगञ्जमा उपचार भइरहेको छ । अन्य दुई जनाको भने प्रादेशिक अस्पताल गौरमा उपचार भइ रहेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise