२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

समय सापेक्ष ऐन संशोधन हुने छ : श्रममन्त्री भण्डारी

shivam cement
२०८२ वैशाख २१ गते ०६:५९
Shares
समय सापेक्ष ऐन संशोधन हुने छ : श्रममन्त्री भण्डारी

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले आवश्यकताका आधारमा ऐन, कानुन समय सापेक्ष परिवर्तन हुने बताएका छन् । 

सोमबार काठमाडौंमा अखिल नेपाल ट्रेड युनियनद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले कुनै पनि ऐन, कानुन सेवा प्रदानमा सहजता र सहुलियका लागि आउने भन्दै ऐन समय सापेक्ष हुनुपर्ने बताए ।

अहिले वैदेशिक रोजगार ऐन तथा श्रम ऐन संशोधन प्रक्रियामा अगाडि बढेको जानकारी दिँदै सरोकारवालाहरूको सहमतिमा बनेका ऐन, कानुनहरू सबैले निःशर्त रूपमा पालना गर्नुपर्नेमा जोड दिए । 

श्रम ऐनमा रहेका अव्यावहारिक प्रावधान संशोधनका लागि  सुझाव दिन आग्रह गर्दै  मन्त्री भण्डारीले ट्रेड युनियनहरू कानुन कार्यान्वयनका लागि तयार हुनुपर्ने बताए ।

मन्त्री भण्डारीले कुनै पनि नेपाली कामदार देशबाहिर कहीँ कतै दुःख पाए, त्यसका लागि सरकार जिम्मेवार हुनुपर्ने भन्दै देशबाहिर श्रम स्वीकृतिबिना काम गर्ने वातावरणको अन्त्य गर्न उनीहरूलाई श्रम स्वीकृति लिने वातावरण बनाउन सबै सरोकारवालाहरू मिलेर काम गर्नुपर्ने उल्लेख गरे ।

सम्बन्धित खबर