काठमाडौं : वैदेशिक रोजगार विभागका नवनियुक्त महानिर्देशक कमल भट्टराईले पदबहाली गरेका छन् । गत हप्ता नियुक्त भएका विभागका महानिर्देशक भट्टराईले सोमबार पदबहाली गरेका हुन् ।
भट्टराई यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक थिए । भट्टराईले पदबहाली गरेसँगै करिब १ महिनादेखि रोकिएका प्रशासनिक कामले गति लिने वैदेशिक रोजगार व्यवसायीहरूको अपेक्षा छ ।
हाल विभागको उपमहानिर्देशकमा चन्द्रबहादुर शिवाकोटी र निर्देशकमा टीका ढकाल र उपेन्द्र पौडेल कार्यरत रहेका छन् ।