२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

मनोज गजुरेलको घरमा ताला लगाउन पुगेकी पूर्वपत्नी मीना ढकाल पक्राउ 

ADV
मध्यान्ह
२०८१ असार २३ गते १२:२३
मनोज गजुरेलको घरमा ताला लगाउन पुगेकी पूर्वपत्नी मीना ढकाल पक्राउ 

काठमाडौं : हास्यकलाकार मनोज गजुरेलकी पूर्वपत्नी मीना ढकाललाई प्रहरीले पक्राउ गरेको छ । केही युवाहरू लिएर बालकोटस्थित मनोज गजुरेलको घरमा ताला लगाउन पुगेकी ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मनोज गजुरेल घरमा नभएको बेला ८५ वर्षकी गजुरेलकी आमालाई धम्काई ताला लगाएर हिँड्न लागेका बेला छिमेकीहरूले प्रहरीलाई खबर गरेका थिए । 

मनोज गजुरेल र मीना ढकालले २०७४ सालमा सहमतिमै सम्बन्ध विच्छेद गरेका थिए  गजुरेल र ढकालका १ छोरी र १ छोरा छन् । 
डिभोर्सका बेला छोरा बाबुसँग र छोरी आमासँग बस्ने सहमति भए पनि डिभोर्सको ८ महिनापछि छोरी आमासँग बस्न नरुचाएर गजुरेलसँग बस्न गएकी थिइन् ।

ADVADV

सम्बन्धित खबर

Advertise