२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

लामिनार टायल्स्को एक्सपिरियन्स सेन्टर काठमाडौंमा

Nada
२०८२ वैशाख २३ गते १६:४१
Shares
लामिनार टायल्स्को एक्सपिरियन्स सेन्टर काठमाडौंमा

काठमाडौं : लामिनार टायल्स्ले काठमाडौंमा एक्सक्लुसिभ फ्ल्यागशिप एक्सपिरियन्स सेन्टरको शुभारम्भ गरेको छ । गैरीधारास्थित उत्तरढोका अगाडि स्थापना गरिएको यस सेन्टरको उद्घाटन उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले एक विशेष समारोहबीच गरे ।

ncell

उद्घाटन कार्यक्रममा मन्त्री सिंहले नेपाली उत्पादनको प्रवर्द्धनमा लामिनार टायल्सको योगदान उल्लेख गर्दै सार्वजनिक तथा निजी निर्माण परियोजनाहरूमा यसको प्रयोगलाई प्राथमिकता दिन सबैलाई आग्रह गरे । “होटल, अस्पताल, रेष्टुरेन्ट वा व्यक्तिगत घर– सबै संरचनामा लामिनार भिट्रिफाइड टायल्स् प्रयोग गरौं,” उनले भने ।

लामिनार टायल्स्ले उत्पादन गरिरहेका ४०० भन्दा बढी डिजाइनहरूको प्रत्यक्ष अवलोकन तथा अनुभव लिन सकिने यो सेन्टर ४,००० वर्गफुट क्षेत्रफलमा फैलिएको छ। सातवटा संग्रहमा वर्गीकृत डिजाइनहरूले इन्टेरियर तथा एक्स्टेरियर दुवै प्रयोजनका लागि समाधान दिने उद्देश्य राखिएको छ । विशेषगरी भवनका भित्ता, भुइँ, छत, बाल्कोनी, पोखरी, बाथरुम, ड्राइभवे, पार्किङ लगायतका क्षेत्रहरूमा उच्च टिकाउ, कम पानी सोस्ने (०.०८ प्रतिशत भन्दा कम) र दाग प्रतिरोधी विशेषता भएका टायलहरूको प्रयोग गर्न सकिनेछ ।

लामिनार टायल्स्का अध्यक्ष धितालले यो सेन्टरलाई परम्परागत शोरूमभन्दा भिन्न ‘डिजाइन प्रेरणाको गन्तव्य’ र ‘नेपालमा नवप्रवर्तनको प्रमाण’ को रूपमा परिभाषित गरे । उनका अनुसार, “लामिनार एक्सपिरियन्स सेन्टर विश्वस्तरीय गुणस्तर, दिगो स्थानीय उत्पादन र डिजाइन–मुखी सोचको समर्पण हो ।”

बर्दियाको गुलरियामा अवस्थित लुम्बिनी सेरामिक्स लिमिटेडद्वारा उत्पादन हुने लामिनार टायल्स् दैनिक १ लाख ४० हजार वर्गफिट उत्पादन क्षमताका साथ नेपाली निर्माण क्षेत्रमा गुणस्तरीय विकल्पका रूपमा स्थापित हुँदै गएको कम्पनीले जनाएको छ ।

सम्बन्धित खबर