काठमाडौं : मलेसियामा कार्यरत एक नेपाली कामदारको कोठामा सुतेकै अवस्थामा मृत्यु भएको छ । मलेसियाको केलाङ मेरुमा रहेको चर्चित कम्पनी टप ग्लोभ्सको ९ नम्बर शाखा फ्याक्ट्रीमा कार्यरत नवलपरासीका नुन बहादुर मगरको बिहीबार साँझ खाना खाएर सुतेको र शुक्रबार विहान मृत भेटिएको सोही कम्पनीमा कार्यरत नेपाली कामदारहरुले बताएका छन् ।
उनी क्षयरोगबाट विरामी भई उपचाररत रहेका थिए । शुक्रबार विहान मृत फेला परेका मगरको शव नेपाल ल्याउने तयारी भइरहेको बताइएको छ । उनी वैदेशिक रोजगारीको विगत उक्त कम्पनीमा विगत ६ वर्षदेखि कार्यरत रहेका थिए ।
उता वैदेशिक रोजगारीको क्रममा इजरायलमा कार्यरत एक नेपाली महिलाको मृत्यु भएको छ । झापाको बिर्तामोड नगरपालिका ९ निवासी साबित्रा लुइँटेल घिमिरको इजरायलमा हृदयघात भएर सोमबार मृत्यु भएको हो । इजरायलमै बसेर विभिन्न सामाजिक संघसंस्थासँग आबद्ध रहि सामाजिक काममा समेत सक्रिय रहेकी साबित्रा साहित्यिक क्षेत्रमा कलम चलाउँदै आएकी थिइन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies